बुटबल उपमहानगरमा महिलाहरुको लागि पाठेघर सम्बन्धि जाँच शिविर

स्वास्थ्यसमाचार/बुटबल उपमहानगर नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । असार १५गते भएकोे शिविरमा वडा नं १२ र १३ लाई लक्षित गरि शिबिर गरिएको बुटबल उपमहानगरपालिका को स्वाथ्य शाखाले जनाएको छ।

स्वास्थ्यशाखा प्रमुख युवराज पाण्डेले अनुसार महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार बुटबल उपमहानगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो।

उहाले यो भिआईए परिक्षण वाट ५ बर्ष पहिले नै क्यान्सरको अबस्था पत्ता लाग्ने बताउनु भयो। नगरपालिकाले समयमा नै परिक्षण गरेर जानकारी भएमा जटिल प्रकृतिको क्यान्सर लगायतका यौन तथा महिला जन्य रोगबाट बच्न सकिने पाण्डेको भनाई थियो।

बुटबल नगरपालिकाले गत बर्षपनि यो कार्यक्रम गरेको र अहिले पनि यसलाई निरन्तरता दिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षण कल्पना भुसालले बताउनु भयो। उहाले बुटबलको आयोजना र प्राबिधिक सहयोग नेपाल परिवार नियोजन शाखा कार्यलय बुटबलको रहेको बताउनु भयो। कार्यक्रम शहरी स्वास्थ्य प्रबन्धन केन्द्र बुटबल १२को कार्यलयमा भएको बताउनु भयो।

स्वास्थ्य शाखाका प्रज्ञा भट्टराईका अनुसार बुटबल वडा नं १२ र १३ लाई लक्षित गरेको शिविरमा १सय ६२ जनाको सहभागीता रहेको र ४ जनामा क्यान्सर संकास्पद अबस्था देखिएको ले उहाँहरुलाई थप परिक्षण गर्नको लागी आम्दामा रिफर गरिएको बताउनु भयो।

उहाले भन्नु भयो हाम्रो लक्ष्य ९० जना हो तर १६२ जनाको परिक्षण भयो स्वतह स्फुतरुपमा स्थानीयहरु आउनु भएको उहाँको भनाई छ। बडा नं १२ का वडा अध्यक्ष  डिल्ली प्रसाद शर्मा उपाध्यायको अध्यक्षतामा शिबिर सञ्चालन भएको भुसालले बताउनु भयो।

भिआईए भनेको के हो।

पाठेघरको मुख भएका व्यक्तिहरूले पाठेघरको क्यान्सर चाँडै पत्ता लगाउनको लागी गरिने परीक्षणलाई भिआईए परिक्षण भनिन्छ । जसलाई पाठेघरको मुखको क्यान्सर सुरु हुनबाट जोगाउन उपचार गर्न सकिन्छ। पाठेघरको मुखको क्यान्सर वा पाठेघरको मुखको प्रि–क्यान्सर भएको पत्ता लगाउन यो परिक्षण गरिन्छ । नेपालमा यो परिक्षणको अबधि तोकिएको पाईदैन तर बिकसु देश अमेरिका मा पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ) २५ वर्षको उमेरमा सुरु गर्ने गर्दछन् ।

पाठेघरको मुखको क्यान्सरको लागि स्क्रिनिङ गर्नुको महत्व

पाठेघरको मुखको क्यान्सर महिलाहरूको लागि क्यान्सर मृत्युको सबैभन्दा सामान्य कारणहरू मध्ये एक होे। स्क्रिनिङका लागि प्याप टेस्टको बढ्दो प्रयोगले पाठेघरको मुखको क्यान्सरको मृत्यु दरमा उल्लेखनीय गिरावट आएको छ।
हालैका वर्षहरूमा, गरिएको परीक्षणलाई पाठेघरको मुखको क्यान्सरको लागि अर्को स्क्रिनिङ परीक्षणको रूपमा स्वीकृत गरिएको छ। जुन पूर्व–क्यान्सर र पाठेघरको क्यान्सर हुन सक्छ। भिआईए परीक्षण एक्लै प्रयोग गर्न सकिन्छ (प्राथमिक परीक्षण) वा एकै समयमा प्याप परीक्षण (सह–परीक्षण भनिन्छ)।

स्क्रिनिङ परीक्षणहरूले पाठेघरको मुखको क्यान्सर छिट्टै पत्ता लगाउने उत्तम मौका दिन्छ जब उपचार सबैभन्दा सफल हुन सक्छ। स्क्रिनिङ ले पाठेघरको मुखको कोशिकामा हुने असामान्य परिवर्तनहरू (पूर्व–क्यान्सरहरू) फेला पारेर पाठेघरको मुखको क्यान्सरलाई वास्तवमा रोक्न पनि सक्छ ताकि तिनीहरू पाठेघरको मुखको क्यान्सरमा परिणत हुने मौका पाउनुअघि नै उपचार गर्न सकून्।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका फाइदाहरूको बावजुद, सबै महिलाहरूले स्क्रिनिङ गर्दैनन्। धेरैजसो पाठेघरको मुखको क्यान्सर महिलाहरूमा पाइन्छ जसले कहिल्यै प्याप परीक्षण नगरेका वा हालसालै परीक्षण नगरेका हुन्छन्।

पाठेघरको मुखको क्यान्सर के हो र कसरी हुन्छ ?

पाठेघरको मुखमा रहेको कोसिकाहरुमा ह्युमन प्यापिलोमा भाइरसका संक्रमणको कारणले गर्दा पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । धेरै अध्ययनहरूका अनुसार ९० प्रतिशत भन्दा धेरै यो भाइरसको संक्रमणले अनियमित तवरले कोशिकाहरु बढ्दै गएर ट्युमर पलाएर क्यान्सर हुने गर्दछ ।

ह्युमन प्यापिलोमा भाइरसलाई ‘लो रिस्क’ र ‘हाइ रिस्क’ भनेर छुट्याएको हुन्छ । लोरिस्क भाइरसका कारणले हात खुट्टा लगायतमा मुसाहरू आउने गर्दछ भने यसकै प्रजातिको ‘हाइ रिस्क’ भाइरसको संक्रमणले पाठेघरको मुखको क्यान्सर गराउँछ भनिन्छ ।

धेरै जसो हामी महिलाहरु जीवनकालमा कुनै न कुनै बेला यो भाइरसको सम्पर्कमा आउँछौं तर रोग प्रतिरोधात्मक क्षमता बलियो हुँदा शरीरले नै भाइरसलाई मेटाएर पठाउँछ तर जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, उसमा भाइरस शरीरमा रहन्छ र पाठेघरको मुखको क्यान्सर गराउँछ ।

यो भाइरस हाम्रो शरीरमा शारीरिक सम्पर्कबाट सर्ने गर्दछ । त्यसैले यो क्यान्सर हुने कारणमा धेरै जनासँग यौन सम्पर्क राख्नु, सानै उमेरमा शारीरिक सम्पर्क राख्नु, धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु, शारीरिक रुपमा कमजोर हुनु, धेरै बच्चा जन्माउनु, धुम्रपान, मादकपदार्थ सेवन जस्ता रहेका छन् ।
पाठेघरको क्यान्सरका लक्षण

धेरै जसो महिलाहरुमा फोहोर पानी आउने, गन्हाउने पानी बग्ने, श्रीमानसँग यौन सम्पर्क राखेपछि रगत देखिने, कतिपयलाई रगत आइराख्ने, पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । रोग पुरानो हुँदै गएपछि धेरै नै पेट दुख्ने, पिसाबमा खराबी भएर पोल्ने, पिसाब गर्दा दुख्ने, खुट्टाहरू दुख्ने जस्ता समस्याहरु देखिन्छन् ।

सम्बन्धित शिर्षक :