मनोसामाजिक परामर्श: खिम बहादुर पौडेल

मानिस एक सामाजिक प्राणी भएको हुदा समाजमा हुर्केको, बसेको हुन्छ र  समाजको प्रत्येक क्रियाक्लाबले मानिसलाई प्रभावित पारेको हुन्छ । मानिस कही न कहीबाट समाजसँग जोडिएको हुन्छ ।

समाजको बिकास

मानवजातिको जैविक उदबिकास भएको धेरै लामो समयपछि मात्रै मानव समाजको बिकास भएको हो । वास्तवमा मानव समाजको बिकास १०-१२ हजार बर्षअगाडि भएको अनुमान गरिन्छ। मानव समाजको बिकास चेतनाको बिकाससंगै भएको मान्न सकिन्छ ।

समयसंगै मानवको मस्तिष्क क्षमताको बिकास हुदै जाँदा आगाको अविस्कार, सुरक्षाका लागि समुहमा बस्नुपर्ने, समुहमा सिकार खोजी गर्नुपर्ने जस्ता आवश्यकताहरुको महसुस भई परिवारको बिकास एबं झुण्ड बनाएर बस्ने प्रणालीको बिकास भयो।यसरी परिवार परिवारको बिस्तार र झुण्डको विस्तारबाट समाज निर्माण हुन गएको हो ।

समाज

समाज भनेको विभिन्न समुदायका मानिसहरुको समुह जो एक आपसमा  मिलेर बस्छन र साझा लक्ष्य प्राप्तिको लागि एक अर्कालाई सहयोग र समन्वय गर्दछन ।

मनोसामाजिकमा व्यक्तिको २ वटा पक्ष हुन्छ ।

  • मनोबैज्ञानिक पक्ष(मन): बिचार, भावना, धारणा, संवेग, बुझाई आदि।
  • सामाजिक पक्ष(समाज): मुल्य-मान्यता, चालचलन, रितिरिवाज, धर्म-सस्कृति आदि ।

यी दुई (मन र समाज) बीचको सम्बन्ध नै मनोसामाजिक सम्बन्ध हो । जव व्यक्तिको व्यवहार समाजले स्वीकार गर्दछ तब त्यस व्यक्ति त्यस समाजमा राम्ररी समायोजन हुन सफल हुन्छ, जसले गर्दा व्यक्ति मनोसामाजिक रुपमा स्वस्थ हुन्छ ।

मनोसामाजिक रुपमा स्वस्थ व्यक्तिले निम्न कार्य गर्न सक्छ ।

Self acceptance (स्व-स्वीकृति)

Positive Relation (सकारात्मक सम्बन्ध)

Autonomy (स्वतन्त्रता)

Environmental Mastery (वातावरणीय चुनौतीमा सफल)

Purpose of life (जीवनको उद्देश्य)

Personal Growth (व्यक्तिगत बिकास)

Personal Expression (व्यक्तिगत अभिव्यक्ति)

मनोसामाजिक समस्या

व्यक्ति र समाज बीच हुने अस्वस्थ अन्तरक्रियाले उत्पन्न हुने नकारात्मक भावना, सोचाई, धारणा र व्यवहारमा आउने परिवर्तनले व्यक्तिको शरीर, भावना, व्यवहार र सम्बन्धमा विभिन्न समस्याहरु देखिन्छ भने त्यो नै मनोसामाजिक समस्या हो ।

मनोसामाजिक समस्याका कारणहरु

कुरीति तथा प्रथाहरु

झैझगडा

महामारी-कोरोना संक्रमण

मानव बेचबिखन

दुर्घटना

बहुविवाह

गालिगलौज, अपमान,भेदभाव तथा पक्षपातपूर्ण व्यवहार (विभेद)

असफलता

अनिश्चित भविष्य

बिछोड

धम्की अपहरण

दीर्घ रोगहरु

लागुपदार्थ सेवन

अन्तरजातीय बिवाह

गरिबी, अशक्तता, बेसाहारा

बेरोजगार

प्रियजनको मृत्यु

बाझोपन, हिँसा

आघाताजन्य घटना

व्यसायीक समस्या

प्राकृतिक तथा मानव सिर्जित दुर्घटना

द्रुत सामाजिक परिवर्तनसँग समन्जस्यताको कमी

आर्थिक समस्या (धेरे ऋण)

अन्याय, यातना, एक्लोपन, बिग्रदो वैवाहिक स्थिति

युद्ध वा युद्धको डर तथा असुरक्षा

कमजोर सामाजिक सहयोगी संजाल

मनोसामाजिक समस्या वा पिडा व्यक्त गर्ने तरिकाहरु

मन भतभत पोल्छ

बिरक्त लाग्छ

आत्म रुन्छ

टाउको तातिन्छ, झन्झनाउछ

मन चिसो हुन्छ

छाती पोले जस्तो हुन्छ

जिउ गल्छ

मुटु झस्किन्छ, सिरिंन हुन्छ

हात खुट्टा गले जस्तो हुन्छ

जिउ भारी हुन्छ

 परामर्श

मनोसामाजिक समस्याको समाधानको लागि परामर्शकर्ताले मनोविश्लेषकबादी सिद्धान्त,व्यवहारबादी सिद्धान्त, मानवीयतामा आधारित सिद्धान्त, र पारिवारिक प्रणालीमा आधारित सिद्धान्तमा मनोसामाजिक परामर्श गर्ने गरेको पाइएको छ तर हामी आफैले समस्या समाधान गर्ने तरिका जान्ने हो भने घरमा नै हामी आफै प्रयास गर्न सकिन्छ ।

मनोसामाजिक समस्यामा हामीलाई कुनै सोचाइ वा बिचारले समस्या गरेको हुन्छ। जसले हाम्रो भावनामा असर गरि व्यवहारमा समस्या गर्ने गरेको हुन्छ  । त्यसैले हामीले  समस्याको बिचार वा सोच आउने बित्तिकै आँखा बन्द गरेर बिस्तारै लामो लामो श्वास सहित बिश्राम लिनु पर्छ र केहि समयको बिश्राम पछी जुन समस्याको बिचार आएको हो त्यो बिचार बिस्तारै हराउदै जाने र नया बिचार सहित नया भावनाको  सिर्जना हुन्छ ।

जसले गर्दा व्यवहारमा  परिवर्तन गराउने र हामीलाई शान्त र आनन्दको महसुस गराउने हुदा, बिश्राम नै सबैभन्दा महत्वपूर्ण हुन्छ । यसरी हामीले बारम्बार विश्राम गर्ने  तरिका अपनाउने हो भने हाम्रो समस्याको  बिचार बिस्तारै कम हुदै जाने र केही समय पछी आफै हराएर जान सहयोग गर्दछ। जसले गर्दा हामीलाई शान्त र आनन्दको जीवनयापनमा सहयोग गर्ने गर्दछ ।       लेखक पौडेल बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ।    

 

 

 

सम्बन्धित शिर्षक :