शुद्धोधनमा शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।

२ दिन सम्म चलेको कार्यक्रममा समापन कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले आयुर्वेदको महत्व रहेको र बिद्यालय स्तरबाटै विद्यार्थीहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी जानकारी गराउनु आबश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती ले योग आयुर्वेदको आधारभूत पुरानो अभ्यास हो, शरीर, मन, भावना र आध्यात्मिक बीच सन्तुलन ल्याउन सास र ध्यानसँग शरीर अभ्यासको यो मिश्रण आवश्यक छ।

यसबाहेक, योगबिना आयुर्वेदको बारेमा सोच्न असम्भव छ। सन्तुलन, स्वास्थ्य र खुशी दुवैलाई महत्त्व दिन्छ यस कारण यसको महत्व विद्यालयबाट नै रहने भएको बताउनु भयो।

चिकित्सकहरु, कर्मचारीहरु र शुद्धोधन गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिका हरुको उपस्थितिमा आयुर्वेद शाखाका प्रमुख प्रान्शु ढकालले बताउनु भयो।

सम्बन्धित शिर्षक :