पाल्पामा पोषणको अवस्था सार्वजनिकरण, सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि

स्वास्थ्यसमाचार/स्वाथ्य कार्यालय पाल्पाले जिल्लाका पालिकामा विद्यालयमा अध्यापनरत किशोरीहरूको रक्तअल्पता, विएमआईए, बालबालिकाहरुको पोषणको अवस्था र खानेपानीको मुहान योजनाको गुणस्तर लगायतका विषयमा नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार पाल्पा जिल्लामा ग्रामिण क्षेत्रमा भन्दा सहरी तुलनामा कुपोषण बढि देखिएको छ । पाल्पाको तानसेन र रामपुर क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुका कुपोषणको मात्रा बढि देखिएको स्वाथ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।
सहरी क्षेत्रमा बढि मात्रामा जंकफुड बढि मात्रामा उपभोग गर्ने गरिएको कारण बढि मात्रामा कुपोषण देखिएको हो ।

पाल्पा जिल्लाको दश पालिकाका ४२ सामुदायिक र निजी विद्यालयका ६ देखि १२ कक्षाका ४३२९ जना किशोरीहरूको रक्तअल्पता र बि एमआई को अवस्था , ९ स्थानीय तहका ३५ वडाका ४८३१ जना ५ बर्ष मुनिका बालबालिकाको पोषणको अवस्था र दश स्थानीय तहका १२ स्वास्थ्य संस्था सहित ११४ खानेपानी मुहान र योजनाहरूको खानेपानीको गुणस्तरको अवस्थाको नतिजा सार्वजनिकरण गरेको हो ।

तानसेनका ६ जना रामपुरका १३ जना बालबालिकाहरूमा कडा खालको कुपोषण देखिएको छ । जिल्ला भरमा २८ जनामा कडा प्रकृतिको कुपोषण देखिएकामा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुको संख्या २० जना रहेको छ ।

सम्बन्धित शिर्षक :