डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै बुटवल उपमहानगर

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकाले डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम संचालन सुरु गरेको छ। डेंगु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले स्वयमसेबिका टोल संस्था तथा खाल्डा खुल्डी पुर्ने अभियान सुरु गरिएको हो।

डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेबाट बच्नको लागी अभियान सुरु गरिएको बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनु भयो ।

पाण्डेका अनुसार अहिले सम्म १सय ७६ स्वयंसेविकालाई तालिम वडा नं ३ र १५ का टोल संस्थालाई तालिम पानी जमेको र खाल्डा खुल्डी पुर्ने काम दैनिक भैरहेको र सबै सरोकारवालाहरुलाई राखेर तालिम दिने तयारी गरिरहेको बताउनु भयो । अघिल्लो बर्ष बुटबलमा डेंगुबाट १८सय गत बर्ष ७ सय भन्दा बढी लाई डेंगु देखिएको उहाले बताउनु भयो । नगरवासीलाई सुरक्षित गराउनको लागी खोज र नष्ट अभियान सुरु गर्ने तयारीमा नगरपालिका लागेको पाण्डेको भनाई छ ।

बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले डेंगु नियन्त्रणका लागि पानी जम्ने टिनका डिप्बा, थोत्रा टायर, गमला, पानी ट्यांकी आदिमा एडिज नामक लामखुट्टेले फुल पार्ने भउकाले यसमा सजक रहनु दुबैलाई आग्रह गर्नु भयो ।

उहाले बुटबलका विभिन्न वडामा डेंगु नियन्त्रणका लागि टोल संस्था वडा कार्यलय र स्थानिय बीचको सहकार्यमा जनचेतना अभियान चलाउने र डेंगु नियन्त्रणका लागी सबैलाई लाग्न आग्रह गर्नु भयो । नगरवासीलाई सुरक्षित गराउनको लागी खोज र नष्ट अभियान सुरु गर्ने तयारीमा भैरहेको उहाँको भनाई छ।

डेंगु परिक्षणको लागी ३सय शुल्क

बुटबल उपमहानगरपालिकाले आफना नागरिकलाई डेंगु परिक्षण गराउन आफना ल्याब ब्यबस्था गरेको छ । उसले शुल्क समेत तोकेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनु भयो ।अरु संस्थाहरुबाट पनि शुल्क बढी नलिई सहयोग गर्न पाण्डेले आग्रह गर्नु भयो।

सम्बन्धित शिर्षक :