थाईरो ल्यावको शाखा पश्चिम परासी बजारमा

स्वास्थ्यसमाचार/बुटवलको अस्पताललाईनमा सञ्चालन गरिएको थाईरो ल्याव प्रालिले नवलपरासी पश्चिमको परासी बजारमा शाखा सञ्चालन गरेको छ । उक्त शाखामा औपचारिक रुपमा  सेवा सुरु गरिएको हो ।

यो थाईरो ल्यावको पहिलो शाखा हो ।परासी बजारमा ल्यावको आवश्यकता महशुस गरी विरामीको सुविधालाई मध्येनजर गरेर सेवा सञ्चालन गरिएको ल्यावका सञ्चालक दिपु केसीले बताउनु भयो ।

महिलाहरुमा गरिने टच प्रोफाईल, रुटिन युरिन एनालाईसिस, स्टुल एनालाईसिस, त्यस्तै कल्चहरु ब्लड, युरिन तथा बडी फ्युट्स सबैको परीक्षण गरिने उहाँले जानकाकरी गराउनु भयो । उहाँका अनुसार ती सबै सुविधा परासी शाखामा पनि प्रदान गरिने छ । त्यस्तै ट्युमर मार्कस, सबै प्रकारका क्यान्सर स्क्रिनिङ तथा परीक्षण गरिन्छ ।

त्यस्तै प्याथोलोजीमा सुईबाट वायोस्पी जाँच्ने प्रविधी, मासुको टुक्रा जाँच गरी क्यान्सर जाँच्ने प्रविधि, पाठेघरको मुखको क्यान्सर जाँच्ने प्रविधि ‘प्याप स्मेयर’प्रविधि पनि थाईरोमा रहेको ल्यावका डाईरेक्टर भानु पोखरेलले बताउनु भयो ।

सम्बन्धित शिर्षक :