पूर्ण खोप सुनिश्चितताको चरणमा लुम्बिनी

स्वास्थ्यसमाचार/ स्वास्थ्यका सबै सूचकमा पछि रहेको लुम्बिनी खोप पूर्ण खोप सुनिश्चित अग्रस्थानमा देखिएको छ । संघिय राजधानी रहेको बागमती प्रदेशले समेत पूर्ण खोप सुनिश्चित गर्ने नसकेको अबस्थामा लुम्बिनीले भने १२ जिल्ला सुनिश्चित गरिसकेको र अब प्रदेश पनि पूर्ण खोप सुनिश्चित गर्ने तयारीमा रहेको स्वास्थ्य सचिब डा.बासुदेव उपाध्यायले बताए ।

उहाँका अनुसार वडा पालिका लाई प्रदेशको स्वीकृत र प्रदेशलाई संघको स्विकृत चाहिने भएकोले त्यो प्रकृयामा गएको बताए । सचिब उपाध्यायले भने –‘प्रदेशको खोप समितिबाट स्वीकृतिका लागी पत्रचार भएकोले अब साउन महिना भित्र यो लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश बन्ने छ । ’

स्वास्थ्य मन्त्रालय राजधानी स्थल देउखुरीको सिसहनिया आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले गत वर्ष कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन नसके पनि यो पटक सबैले साथ सहयोग र सहकार्यमा प्रदेश पूर्ण खोप सुनिश्चित भएको बताए ।

कपिलबस्तु निश्चित समुदायमा धार्मिक आस्था, घुमफिर गर्ने परिवार, सीमा क्षेत्रका नागरिक, कामदारका बालबालिकाहरु खोपको सहज पहुँचमा आउन अझै चुनौतिपूर्ण रहेको मन्त्री पुनले बताएका हुन ।उनले भ्याक्सिन को महत्त्व बुझ्न नसक्दा झन समस्या परेको बताए ।

यस वर्ष प्रदेश अन्तरगतका जिल्लामा असार ६ गते रोल्पामा, १३ गते प्युठानमा, असार २५ गते पाल्पा र नवलपरासी पश्चिम, असार २६ गते गुल्मीमा, असार २७ गते रुकुम पूर्वमा, असार २८ गते दाङमा, असार २९ गते बर्दिया, बाँके, अर्घाखाँचीमा, असार ३० गते रुपन्देही र कपिलवस्तुमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

अब सो समितिबाट पूर्ण खोप सुनिश्चितताका लागि भेरिफिकेसन टिम परिचालन गरी अनुसूची ४, ५, ६, ७, १० र १४ अनुसार सम्पूर्ण प्रकृया पूरा भएको पाइएमा पूणर्खोप प्रदेश घोषणाका लागि अनुमति पाउने छ । यो प्रकृया भए अबको दुई सातामा लुम्बिनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने मन्त्री पुन बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर वलीका अनुसार, प्रदेशका १२ जिल्लाका २९ सय ७५ खोप क्लिनिकबाट ३१ सय ५९ सेसनमा खोप अभियान संचालन भएको थियो । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पूर्ण खोपको अवस्था हेर्दा प्रदेशभरि अझै १३० जना शून्य डोज खोप देखिएको छ ।

जसमा ड्रप आउट २३ सय ४३ जना रहेका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा बाहेक सबै जिल्लामा शून्य डोज खोप लगाएका बालबालिका रहेका तथ्यांक अधिकृत वलीले वताउनु भयो ।

नेपालमा हाल १३ वटा रोग विरुद्धको खोपहरू प्रदान गरिदै आएको छ । पूर्ण खोप भन्नाले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार बिसिजी १ मात्रा, रोटा २ मात्रा, पोलियो ३ मात्रा, एफआईपीभी २ मात्रा, पिसिभि ३ मात्रा, डि पिटी ३ मात्रा, जेई १ मात्रा, दादुरा रुबेला २ मात्रा र टाईफाईडको १ मात्रा खोप लगाउनुपर्ने स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले बताए । नेपालमा २०६९ सालबाट पूणर्खोप अभियान कार्यक्रमको शुरुवात गरिएको थियो ।

सम्बन्धित शिर्षक :