स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ‘संक्रामण तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी गरेको छ। यो कार्यविधि यहि पुस, २०८१ मा प्रकाशित भएको हो। यस कार्यविधिले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रण र न्यूनिकरणका लागि स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाहरू निर्धारण गर्दछ। यस कार्यविधिको कार्यान्वयनले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। ‘संक्रामक तथा नसर्ने रोग न्यूनिकरण कार्यविधि २०८१’ [pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/12/करयवध_२०८१.pdf”]

भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने सम्झौता

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उक्त सेवा विस्तारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रसँग सम्झौता गरिएको हो । सम्झौतासँग अब भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । सोमवार भेरी अस्पतालमा एक कार्यक्रमकाबीच मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने…

तिलोत्तमा ३मा सुत्केरी महिला घरभेट कार्यक्रम नगर प्रमुख उपप्रमुख द्धारा शुभारम्भ

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा मातृत्व पोषण र स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य तथा उप प्रमुख जागेश्वरी देबी चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख र उपप्रमुखले पोषणको महत्वमाथि चर्चा गर्दै विशेषतः सुत्केरी अवस्थामा नियमित अण्डा सेवनको फाइदाबारे जानकारी गराउनु भयो । उहाले नगरपालिको गर्भवती तथा सुत्केरी आमाहरूको स्वास्थ्यलाई बिषेश ध्यान दिदै यस्ता कार्यक्रम गरेको बताउनु भयो।नगर प्रमुख खाँणले चालु आर्थिक वर्षको साउन महिनादेखि सुत्केरी…

पाल्पामा एचआईभी जोखिममा रहेकालाई ‘प्रेप’ प्रयोग बारे सचेतीकरण गरिने

पाल्पा । पाल्पामा एचआईभी संक्रमणको जोखिममा भएकाहरुका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा दिर्दै आइएको छ । एचआइभी संक्रमित भई नसकेका तर सम्भावित जोखिममा भएका व्यक्तिहरूलाई भविष्यमा एचआइभी संक्रमण हुनबाट बचाउन प्रेप उपचार विधि दिर्दै आइएको हो । । यहाँ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको तानसेनस्थित क्लिनिकमार्फत् सेवा सञ्चालन भइरहेको छ । संघले यो सेवा सुरु गरेपछि ९ जनाले सेवा लिइरहेका छन् । दुई दर्जन बढी जोखिममा रहेका व्यक्तिहरूको पहिचानको काम भइरहेको छ । अहिले नेपालको सुनसरी र पाल्पाबाट मात्र प्रेप उपचार विधि सुरु भएको छ। मध्य नेपालको…

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटर बाट सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो । अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्यु दरलाई घटाउनका लागि बिस्तारीत अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख…

पाणिनीमा विपन्न, जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धा हरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमको बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो । नाक कान घाटी रोग विशेषज्ञ डा. सुसन शाक्य, डा. विद्वान भुसाल लगायतको स्वास्थ्यकर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए…

स्वास्थ्य मन्त्रालय लुम्बिनी द्धारा नर्सिङ एबं सबै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधामा सुधारका लागि महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालय राप्ती उपत्यकाले जारी गरेको सूचनामा नर्सिङ र सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्न निर्देश गरिएको छ। बिज्ञप्तीमा भनिएको छ करार सम्झौता अनिवार्यःस्वास्थ्य संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई नियुक्त गर्नुपूर्व लिखित करार सम्झौता गर्नुपर्नेछ।न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम नहुने गरी लागू गर्नुपर्नेछ। अतिरिक्त भत्ताःअतिरिक्त कामका लागि उचित भत्ता उपलब्ध गराउनु पर्नेछ।बैंक भुक्तानी अनिवार्यःस्वास्थ्यकर्मीहरूको तलब बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।शैक्षिक प्रमाणपत्र फिर्ता नियुक्ति पत्र प्राप्त भएपछि स्वास्थ्यकर्मीका शैक्षिक प्रमाणपत्रहरू उनीहरूलाई फिर्ता दिनुपर्नेछ। महिला…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको (सिएमई) कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले आफ्नो नियमित कार्यक्रम अन्र्तगत गत(सिएमई) कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्षता डा. बिष्णु पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरणको भूमिका डा. किरण खनाल डा कृष्ण कुमार अग्रहरी डा पुष्पराज जोशी ले निभाउनु भएको थियो। कार्यक्रममा प्रमुख वक्ताको रूपमा डा. सुमन राज आर्चायले (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह रोग सम्बन्धी औषधि व्यवस्थापन सम्बन्धी जानकारी गराउनु भयो ।त्यस्तै डा. हरी पन्थी (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह र मृगौला रोग सम्बन्धी विषयमा चर्चा गर्नुभयो। कार्यक्रममा अर्काे बक्ता डा. निरज बिडारी (देवदह मेडिकल कलेज) ले…

डाक्टर कार्यालय समयमा नभेटिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

स्वास्थ्यसमाचार/चिकित्सकहरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन्। उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरूलाई भनेका थिए। मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरू सुन्दै सुधारका लागि अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरूमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न…

सर्वोच्चको आदेश पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा

स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले आदेश दिएको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। मेडिकल वयवसायी प्रसाईं मंसिर ४ गते प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो।