गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

स्वास्थ्यसमाचार/ पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा। टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन्…

पाल्पाको निस्दी गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्यसमाचार/ गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य…

भण्डारीले पुनःसम्हाले भीम अस्पताल अध्यक्षको जिम्मेवारी

स्वास्थ्यसमाचार/ भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः नारायण प्रसाद भण्डारीले सम्हालेका छन् । तत्कालीन अध्यक्ष भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए ।…

काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा डेँगुका बिरामीको चाप

स्वास्थ्यसमाचार/ काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउछन्नु । उनका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा…

देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप १ को मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ ।पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु…

बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माण हुने

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । सघिय सरकारबाट बजेट स्वीकृत भइ निर्माणको प्रक्रिया अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो । कुल ३३ करोडको लागतमा बन्न लागेको ट्रमा सेन्टरको यो बर्ष ४ करोड रुपैया बजेट बिनियोजन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा जमिन प्राप्तिका लागी राष्ट्रिय आवास कम्पनीसङ्ग आवस्यक समन्वय र सहजीकरण गर्नका लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति बनेर काम भइरहेको नगरपालिकाले बताएको छ ।

चौबिस घण्टामा थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना डिस्चार्ज

स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ सय २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ११ नमुना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६७, ललितपुरमा १५ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ८५ जना संक्रमित थपिएका छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ रहेको छ । त्यसैगरी…

आर्थिक अभावले उपचार नपाउँदा ११ वर्षीय रामु बुढाथोकी नारकीय जीवन बिताउँदै

स्वास्थ्यसमाचार/ गुल्मीको सत्यवती गाउँपालिका– ५ हँसराका कमल बुढाथोकी १७ वर्षदेखि भारतमा रोजगारमा थिए । तर, छोरा रामु बुढाथोकीमा मानसिक समस्या देखिएपछि उनी गाउँ फर्के । बुटवलको आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पुर्‍याएर उपचार गरे । भारतमा राम्रै जागिर गर्ने भएकाले उनले सकेसम्म छोराको उपचार गराए । तर, रामुलाई बीसको उन्नाइस भएन । छोराकै उपचारका लागि भनेर उनले जागिर पनि छाडे । अहिले उनी गाउँमै बस्छन् । ११ वर्षीय रामु कमल बुढाथोकीका जेठा छोरा हुन् । जन्मेदेखि नै उनी स्वस्थ थिएनन् । उमेर बढ्दै जाँदा रामुले अरू बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । अहिले उनलाई हात–खुट्टा बाँधेर राख्ने गरिएको छ । उनी…

तीजको दर : पोषिलो खाना उत्तम तर यि कुरामा ध्यान दिनुहोस्

काठमाडौँ, १३ भदौ । चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोषिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् । तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ। तीज प्राचीन तथा महत्वपूर्ण चाड हो। यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन् । व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ। जो स्वास्थ्यका…

प्रजातन्त्रबादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति, अध्यक्षमा डा.श्रेष्ठ

स्वास्थ्यसमाचार/ प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संघको प्रथम अधिवेशनले डा सूर्यज्योति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संघको उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी र सचिवमा आनन्द भट्टराईलाई चयन गरेको छ । यस्तै डा दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्। सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य…