स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्सट्विटर, मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराउनुभयो । आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लगानी व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रमा काम हुन सकेन: स्वास्थ्यमन्त्री पौडेल
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन। उनले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको समेत बताए। उनले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकतानुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताए। नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गरे। स्वास्थ्य क्षेत्रका संरचना र जनशक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री…
वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी
वासिङ्टन / एचआईभी ९ह्युमन इम्युनोडेफिशियन्सी भाइरस० एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् । यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ । अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप…
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत अब क्रिमसन अस्पतालमा
स्वास्थ्यसमाचार/मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही पौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा.बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा. बस्नेतलाई नेप्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य…
स्वास्थ्य मन्त्रालयले शुरु गर्यो गुनासो सम्वोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्वोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्वोधन गर्न एकाइ स्थापना गर्ने मन्त्री स्तरीय निर्णयपछि ‘हेल्लो हेल्थ’ स्थापना भएको हो । नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं, मन्त्री पौडेलले भने, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।…
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर: शल्यक्रिया क्षमता दर ३३ प्रतिशतले वृद्धि
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वताए। सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतिका लागि छुट्टै थिएटर बनेपछि…
शुद्धोधनको खडवा बनगाई स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहबीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २२ जना गर्भवती महिलाहरुले सेवा लिएको खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख…
शुद्धोधनमा लायन्स क्लब अफ बुटवल हार्टको बृहत मेगा स्वास्थ्य शिविर ५०१ जनाले लिए सेवा
स्वास्थ्यसमाचार /शुद्धोधन ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार लायन्स क्लब अफ बुटवल हार्टको बृहत मेगा स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा र जिल्ला गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उदघाटन पुरुषोत्तम भक्त प्रधानाङ्गले गरे । उद्घाटनमा वोल्दै उनले निःशुल्क स्वास्थ्य शिविरमा लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको प्रधानाङ्गले वताए । उनले आगामी दिनमा शुद्धोधन गाउँपालिका संग हातेमालो गरि पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतको कार्यक्रम गरिने वताए ।शुद्धोधन गाउँपालिका उपाध्यक्ष…
The Struggles of Health Volunteers: “No Benefits or Respect for Our Work” Smiles on the Outside, Pain on the Inside
Health news/In Mathagadhi Rural Municipality, Rupse, Yamkala Basyal has been serving as a Female Community Health Volunteer (FCHV) for the past nine years. Her responsibilities include monitoring the health of pregnant women, infants, and elderly individuals in her locality. She advises them to seek necessary treatment, ensures regular check-ups for pregnant women, provides iron supplements, and administers polio vaccines to children. However, she expresses dissatisfaction with the lack of compensation for her extensive efforts. “We dedicate our lives to serving society,” she says. “It would be better if the government…
रूरूक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवाको शुभारम्भ
स्वास्थ्यसमाचार/ रूरूक्षेत्र गाउँपालिका–६, रिमुवा स्थित स्वास्थ्य चौकीमा ल्याब सेवाको औपचारिक शुभारम्भ गरिएको छ। यस सेवा अन्तर्गत स्वास्थ्यसम्बन्धी रगत, पिसाब लगायतका परीक्षणहरू उपलब्ध हुने भएका छन्। उपलब्ध सेवामध्ये कतिपय निःशुल्क हुनेछन् भने अन्य सेवाका लागि न्यूनतम शुल्क तिर्नुपर्नेछ। सेवा शुल्क बजारमा प्रचलित दरभन्दा धेरै सस्तो हुने जानकारी गराउँदै, सबैलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरू गरिएको हो। शुभारम्भ कार्यक्रमको अवसरमा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष, र प्रमुख प्रशासकीय अधिकृतलगायतका व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्दै यस कदमले स्थानीय बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो मद्दत…

