स्वास्थ्यसमाचार/गत वर्षको एचपीभी खोप ‘डेमोस्ट्रेसन’मा करीब १० हजार किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो । तर त्यसबेला उनीहरुलाई दुई डोज खोप दिइएको थियो । विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि सञ्चालन हुन लागेको यसपटकको खोप अभियानमा भने एचपीभी खोप एक डोज मात्रै दिईदैछ । ‘कम्पनी उही छ, खोप पनि उही छ तर डोज घटाइयो किन ?’ मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा भएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रश्न उठाएका थिए । विज्ञको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपालगन्ज शिक्षण अस्पतालको नाम फेरियो, कर्मचारीको आन्दोलन जारी
नेपालगञ्ज/नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको छ। झण्डै तीन दशकदेखि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो। कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो। कलेजमा नयाँ ब्यवस्थापन फेरिएको करिव ८ महिनापछि शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको हो। नयाँ व्यवस्थापनले नाम परिवर्तन गरेर ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.’ कायम गरेको छ। नेपालगन्जमा सञ्चालित उक्त अस्पतालको मुख्य गेटमा साइन बोर्ड समेत झुण्ड्याइएको छ। अस्पतालको गेटमा सोमबारदेखि नयाँ साइन बोर्ड राखिएको हो। साविक मेडिकल कलेजका कर्मचारीहरु तलब…
नेपालगन्जको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले माग्यो ४सय नर्स सहित ८९५ जनशक्ति
स्वास्थ्यसमाचार/नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा जनशक्ति माग गरेको छ। कलेजले तीन सय शय्याको अस्पताल र कलेजका विभिन्न कार्यक्रम सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको हो। कलेजले विभिन्न विभागमा गरेर ८९५ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ। कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ। कलेजले ४०० जना नर्सका लागि रोजगारी खुला गरेको छ। कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको…
नेपालमा १५ लाख भाइल एचपीभी खोप आइपुग्यो प्रदेशमा पठाउन सुरु
स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन गइरहेको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानका लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइल खोप आइसकेको छ । अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिए । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइ पुगिसकेको छ । यसपटकको एचपीभी खोप…
गौतमबुद्ध मुटु अस्पतालमा पदस्थापन तथा जिम्मेवारी बाडफांड
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितीका अध्यक्ष एवं सदस्यहरुको पदस्थापन गरिएको छ ।यहि पुष १० गते सम्पन्न अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको नया नेतृत्व चयन भएको थियो। संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ,संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल, र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भटराई निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी संस्थाको खुल्ला महिला सदस्यमा…
रेडक्रस सोसाइटी तम्घास उपशाखाको अध्यक्षमा पोखरेल निर्वाचित
स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सम्पन्न १७ औ सभा तथा ११ औ अधिवेशनले सभापतिमा कृष्णप्रसाद पोखरेलको नेतृत्वमा ११ सदस्यीय उपशाखा समिति निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम तम्घासमा सम्पन्न भएको उपशाखाको १७ औं जिल्ला सभा तथा ११ औं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पोखरेल सभापति सहित सम्पूर्ण समिति निर्विरोध निर्वाचित भएका हुन । समितिको उपसभापतिमा सीता आचार्य,सचिवमा रामबहादुर कुँवर,कोषाध्यक्षमा गणेश श्रेष्ठ, उप–सचिवमा वीरेन्द्रकुमार श्रेष्ठ,उप–कोषाध्यक्षमा थम्मन बहादुर केसी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा ईश्वरीप्रसाद पौडेल,रेशम कुँवर,लक्ष्मी पन्थी अर्याल,खगेन्द्रराज पाण्डे र अनिल कक्षपति निर्वाचित भएका हुन। सामाजिक क्षेत्र र…
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको उपचार, रोकथाम र हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिमा समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । मन्त्री पौडेलले अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य…
भैरहवामा साढे एक अर्ब लागतमा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
स्वास्थ्यसमाचार/साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागेको अस्पतालका सञ्चालक अर्जुन पौडेलले जानकारी दिए । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका ९युएसए० नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा। सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेललगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका हुन्…
लुम्बिनी प्रदेशमा २६ जना अनमीको लागी करारमा जागीर खुल्यो
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका बिभिन्न स्थानिय तहको लागी जनशक्ति माग गरेको छ । निर्देशनालयले एक सुचना जारी गरी ईच्छुक लाई आवेदन दिन भनेको छ। निर्देशनालयले २६ जना अनमीको लागी जनशक्ति माग गरेको छ। अनमी कोर्ष गरि १८ बर्ष देखी ४५ बर्ष सम्मको लागी दरखास्त दिन सुचना जारी गरेको छ। हेरौं सूचना [pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/12/सेवा-करार-सूचना_4iceuyy.pdf” title=”सेवा करार सूचना_4iceuyy”]
१०जना रेडियोलोजिष्टले ३ करोडको लगानीमा कपिलवस्तुमा सुरु गरे सिटिस्क्यान
स्वास्थ्यसमाचार/ कपिलवस्तुमा पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा कपिलवस्तु सिटि एण्ड डाइनोस्टिक सेन्टर प्रा.लि. औपचारिक रुपमा संचालनमा आएसँगै सिटिस्क्यान सेवा सुरु भएको हो । उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको डा.प्रशान्त आचार्यले वताउनु भयो ।५ बर्षदेखि २७ बर्षसम्म कार्य अनुभव भएका रेडियोलोजिष्टद्धारा सेवा प्रदान गरिने उहाले बताउनु भयो । उहाले १० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरिने वताउनु भयो।२४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरिएको डा आर्चायको…

