स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले आदेश दिएको छ ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।
मेडिकल वयवसायी प्रसाईं मंसिर ४ गते प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो।
प्रतिकया दिनुहोस्