घोराही उपमहानगरले डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत पाँच लाख दिने

स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। डाक्टर पढ्नेलाई छात्रवृत्ति बापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका…

सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी कर्मचारी

स्वास्थ्यसमाचार/दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन…

बुटवल हस्पिटल प्रा.लि.र माछापुच्छ्रे बैक बिच उपचार सम्झौता

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी रहेको छ । यसैक्रममा बुटवलमा रहेको माछापुच्छ्रे बैक संग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्रे बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण…

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ समिति चयन भएको छ ।समितिको अध्यक्षमा बिष्णु खनाल पन्थी, उपाध्यक्षमा पुतला खनाल सचिवमा सिता खनाल सह-सचिवमा लता श्रेष्ठ कोषाध्यक्षमा लक्ष्मी गैरे रहनु भएको छ। भने सदस्यहरुमा गोमा सुबेदी चम्पा पालुङ्गे, रचना कार्की यशोदा पोखरेल पवित्रा ज्ञावाली बसन्ती पाठक गीता पन्थ सरस्वती बराल विन्दु भट्टराई, टिका भट्टराई रहेको संघका सचिब खनालले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ ईञ्चार्ज नेहा थापा ,नर्सिड अधिकृत ज्योति पौडेल,नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष हरि कुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।      …

सिद्धार्थनगरमा लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/सिद्धार्थनगरले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण बिहीबारदेखि सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माविबाट सुरु गरीएको अभिमुखीकरण उद्घाटन गर्दै नगर प्रमुख इस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउ परेर लागुऔषध दुर्व्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरीएको बताए । उनले विद्यार्थीहरुको अनुसार महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ति बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताए ।नगर उप प्रमुख एवं…

नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० जना सदस्य मनोनित

स्वास्थ्यसमाचार/कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन‍्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा लक्ष्मीराज पाठक–कैलाली, डा मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा अनिलकुमार झा–सप्तरी, डा सुमन कर्माचार्य–रामेछाप, डा सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पूजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन्।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम

स्वास्थ्यसमाचार/बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट सर्वसम्मत नया नेतृत्व चयन भएको छ। अधिवेशनबाट एजाज आलमको नेतृत्वमा १४ सदस्यीय सञ्चालक समिती र ३ सदस्यीय लेखा समिती निर्विरोध चयन भएको हो। संस्थाको निर्वाचन तालिका अनुसार सोमवार गरिएको उम्मेदवारहरुको मनोनयनमा अध्यक्ष पदमा एजाज आलमको एकल उम्मेदवारी परेको थियो भने सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएर निर्विरोध चयन गराएका थिए। संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह…

स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको आवश्यकता छ :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुलेस्वास्थय क्षेत्रमा रहेका विकृतिहरूलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता वताएका छन। बुटवलमा रहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्यमन्त्री  सारुले सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दीर्घ रोगीको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । स्वास्थ्यमन्त्री सारुले जसरी पनि एमआरआई मेशिन ल्याउने बताएका छन  मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका…

अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं: मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा…

जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था मिलाउन सुझाव समिति गठन

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति गठन गरेको छ ।मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति बनाउनुभएको हो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा। बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य हुनुन्छ । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य…