स्वास्थ्यसमाचार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले स्वास्थ्यका लागि ब्यायाम जरुरी रहेको बताउनु भयो । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा बुटबलमा भएको ‘स्वास्थ्यका लागि दौड’ कार्यक्रम उद्घाटन गर्दै डा पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य मानिसको लागी अतिआवश्यक रहेको बताउदै स्वच्छ रहनको लागी ब्याम जरुरी रहेको र सबैलाई सजग रहन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसँगै सामाजिक उत्तर दायित्वमा संस्थागत रुपमा लागेको बताउनु भयो । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
चिकित्सक संघ लुम्बिनीको दौड प्रतियोगिता :दौड उपाधि विशाल र सामनालाई
स्वास्थ्यसमाचार /रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन । उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरि पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरि पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरि पार…
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।शुक्रबार मन्त्रालयमा स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकताअनुसार नभएको जानकारी दिनुभयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो । ‘‘खासगरी नेपालको स्वास्थ्य बिमाबारे धेरैखाले विषयहरु देखिरहेका छौँ । खासगरी अहिलेको वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा…
चिकित्सक संघ, लुम्बिनीले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देहीभित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यका साथि संघले दौड गर्ने भएको हो । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने…
लुम्बिनी प्रदेशका सबै अस्पतालमा शुल्क सहितको नागरिक बडापत्र
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतालाई तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिक मैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको छ । प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहापाउनेगरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतालहरुले…
स्वास्थ्य मन्त्रालय लुम्बिनीले १३ पालिकामा रोमिङ नर्स परिचालन गर्ने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य, पोषण सुधार, बाल विवाह न्यूनीकरणको लागि विद्यालय विद्यालयमा गएर अध्ययनरत विद्यार्थीहरुलाई पोषण सुधार, मनो सामाजिक विमर्श, प्रजनन स्वास्थ्य तथा बाल विवाह न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्न रोमिङ नर्सको नियुक्ति गर्ने भएको छ । लुम्बिनी प्रदेशमा आत्महत्या र बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको नियुक्ति र परिचालन गर्न लागिएको । हाल १३ वटा गांउ पालिकाबाट सुरुआत गरेर आगामी वर्ष लुम्बिनी प्रदेशका १०९ पालीकामै नर्सहरुको नियुक्ति र परिचालन गर्ने कार्यक्रम रहेको…
विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका छन् । उनले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनुका लागि ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले ‘विद्यालय नर्स कार्यक्रम’ लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी ‘विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका’लाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका हुन् । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्वास्थ्य दूत’का रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई…
लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई क्षमता अभिवृद्धि तालिम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई बालरोग सम्बन्धी क्षमता अभिवृद्धि गर्नको लागि अभिमुखीकरण तालिम सुरु गरिएको छ। स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजनामा ३ दिने क्षमता अभिबृद्धि सम्बन्धित अभिमुखीकरण तालिम आयोजना गरिएको हो। रुपन्देही ,गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, दाङ, बर्दिया लगायतका १२ जिल्लाका आयुर्वेद चिकित्सकहरुको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको हो उदघाटन समारोहमा बोल्दै स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन कुबरले आयुर्वेदिक चिकित्सकलाई बालरोगसम्बन्धी थप ज्ञान र क्षमतामा वृद्धि गराउने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । उहाले एलोप्याथीक मात्र नभई अहिले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको महत्वपुर्ण भुमिका रहेकोले…
८४ नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा
बाँके / एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका-३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गल बहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिनुभयो । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु…
नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
काठमान्डौ/हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भन्नुभएको थियो । सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो । ‘‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’’ उहाँले…

