एडमण्ड सिटि अस्पताल र एसियन थाईफूड वीच उपचारमा सम्झौता

स्वास्थ्यसमाचार/एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको हो । उक्त सम्झौतामा मंगलबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष प्रकाश राना र एसियन थाई फूड प्रोडक्सका सेल्स म्यानेजर दीपक बास्तोलाले दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतासँगै एसियन थाईफूडमा कार्यरत झण्डै १ हजार कर्मचारीले सहज रुपमा उपचारमा छुट सुविधा लिने सेल्स म्यानेजर बास्तोलाले बताउनु भयो । अस्पतालका अध्यक्ष रानाले ट्रमा र न्यूरोलाई आधार बनाएर सञ्चालन गरिएको…

युसीएमएस. भैरहवाको २६औं वार्षिक साधारणसभा ,अध्यक्षमा पुनः शर्मा

स्वास्थ्यसमाचार/युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि.(युसीएमएस शिक्षण अस्पताल) को २६ औं वार्षिक साधारण सभा आइतबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभामा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरूबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनामा बारेमा आफ्ना धारणा राखेका थिए । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए । साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद…

भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभीं) तीनजनामा पुष्टि

स्वास्थ्यसमाचार/कोरोनाजस्तै घातक मानिने ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) फैलिँदो क्रममा रहेको छ ।एचएमपिभी भाइरस चिनपछि भारतमा समेत देखा परेको छ । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) तीन पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन्। भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटक राज्यका दुई जनामा विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको थियो। बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई…

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सवारी साधन माथि ‘डिजिटल निगरानी’

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अव चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो ।सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय समेतको नीति ; सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिता को प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरु…

पूर्वमन्त्री संजय गौतमद्वारा बुटवल हस्पिटलको अवलोकन

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवं मन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुदै गएको बताउनु भएको छ । उहाँले बुटवलमा नीजि क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताउनु भयो । उहाँले बुटवल हस्पिटल प्रा लि को अवलोकन गर्दै नीति क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताउनु भयो । बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले नीति क्षेत्रलाई संगै लिएर हिँडेमा मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताउनु भयो । सरकारले…

रसायन तथा मेडिकल संघलाई औषधी ब्यवसायी संघको सम्मान

स्वास्थ्यसमाचार/रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितीय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किसन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा वक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनका लागि पुनः बोलपत्र

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा बिलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरतकासाथ लिनु पर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले…

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन वैकसंग उपचार सम्झौता

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन वैकसंग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र…

वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

स्वास्थ्यसमाचार/गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ । यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात…

कालो कफी (Black Coffee)पिउँदा शरीरलाई हुन्छ यस्तो फाइदा

स्वास्थ्यसमाचार/स्वास्थ्यका लागि कालो कफी (Black Coffee) लाभदायक हुन्छ, यदि उचित मात्रामा पिउने हो भने। स्वास्थ्य सचेत मानिसहरु प्रायः ब्ल्याक कफी पिउन रुचाउँछन् । यसमा दूध र चिनीको प्रयोग हुँदैन । वैज्ञानिकहरूले अनुसन्धानमा ब्ल्याक कफीमा पाइने क्याफिनले शरीरमा डोपामाइन, सेरोटोनिन र नोराड्रेनालिनको मात्रा बढाउने पनि पत्ता लगाएका छन् । कालो कफीका फाइदाहरू र तिनका कारणहरू  १. एन्टिअक्सिडेन्ट्सको उच्च स्रोत कारणः कालो कफीमा एन्टिअक्सिडेन्ट्स जस्तै क्लोरोजेनिक एसिड पाइन्छ, जसले शरीरमा हुने फ्री रेडिकल्सको असरलाई न्यून गर्छ। यसले कोशिकाको क्षति रोक्न र उमेरसँग सम्बन्धित रोगहरू (जस्तै, बुढ्यौलीको प्रक्रिया) ढिलो गर्न मद्दत पु¥याउँछ। २.…