स्वास्थ्य मन्त्रालय लुम्बिनीले १३ पालिकामा रोमिङ नर्स परिचालन गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य, पोषण सुधार, बाल विवाह न्यूनीकरणको लागि विद्यालय विद्यालयमा गएर अध्ययनरत विद्यार्थीहरुलाई पोषण सुधार, मनो सामाजिक विमर्श, प्रजनन स्वास्थ्य तथा बाल विवाह न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्न रोमिङ नर्सको नियुक्ति गर्ने भएको छ ।

लुम्बिनी प्रदेशमा आत्महत्या र बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको नियुक्ति र परिचालन गर्न लागिएको ।

हाल १३ वटा गांउ पालिकाबाट सुरुआत गरेर आगामी वर्ष लुम्बिनी प्रदेशका १०९ पालीकामै नर्सहरुको नियुक्ति र परिचालन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले बताउनु भयो ।सय क्षेत्र सुधारको लागी यो काम अघि बढाएको मन्त्रीले बताउनु भयो।

                                         यस्तो छ सुचना सेवा करारको लागी

सम्बन्धित शिर्षक :