स्वास्थ्यका लागि व्यायाम जरुरी संघिय स्वास्थ्य सचिब :डा पोखरेल

स्वास्थ्यसमाचार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले स्वास्थ्यका लागि ब्यायाम जरुरी रहेको बताउनु भयो ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा बुटबलमा भएको ‘स्वास्थ्यका लागि दौड’ कार्यक्रम उद्घाटन गर्दै डा पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य मानिसको लागी अतिआवश्यक रहेको बताउदै स्वच्छ रहनको लागी ब्याम जरुरी रहेको र सबैलाई सजग रहन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसँगै सामाजिक उत्तर दायित्वमा संस्थागत रुपमा लागेको बताउनु भयो । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु अघि बढाएका उहाँको भनाई छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँड, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ईन्द्र ढकाल,लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका पुर्व अध्यक्ष डा प्रायश्चित श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, अधिकारकर्मी गोबिन्द खनाल, खेलकुद पत्रकार मंच रुपन्देही शाखाका अध्यक्ष सुमन अधिकारी, उपाध्यक्ष डा.वर्षा थापा, कोषाध्यक्ष डा.रमेश भट्टराई, सहसचिव डा.मोहन तिवारी, सदस्यहरु डा.राजेन्द्र बस्याल, डा.सदिक्षा चापागाई समुदायलाई जोडेर अभियानका कार्यक्रमलाई जोड्न जरुरी रहेको बताउनु भयो

रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरी पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन ।

उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरी पार गर्दै द्तिय तथा शोभा थापा ५७.०८ मिनेटमा दुरी पार गर्दै तृतीय भईन ।

प्रतियोगितामा दोस्रो तथा तेस्रो स्थान हासिल गर्नेलाई नगद १५ र १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । विजेता, उपविजेता हरुलाई पुरस्कार वितरण गरिएको छ ।राजमार्ग चौराह बाट शुरु भएको कार्यक्रम मंगलपुरस्थित साइनो केन्द्र रिह्याबको समापन गरिएको थियो ।

सम्बन्धित शिर्षक :