चिकित्सक संघ, लुम्बिनीले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देहीभित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यका साथि संघले दौड गर्ने भएको हो ।

प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने उनले बताए ।

 

संघको आयोजनामा चिकित्सकहरूबीच भाइचारा र ज्ञान आदानप्रदानलाई प्रवद्र्धन गर्न वर्षेनी विभिन्न गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताए । यस परम्परालाई निरन्तरता दिँदै, संघबाट यो वर्षमा स्वस्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर विभिन्न कार्यक्रम गर्ने भएको उनले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य सचिब डा रोशन पोखरेलको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणको बिषेश आतिथ्यमा हुने बताईएको छ।

यसैबिच संघका अध्यक्ष डा कृष्ण खरेल, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल कोषाध्यक्ष डा रमेश भट्टराई, सहसचिव डा मोहन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले दौड प्रतियोगिताको टिसर्ट सार्वजनिक गरेका छन ।

प्रतियोगितामा पुरुष र महिला दुबैतर्फका उपाधि विजेताले नगद २०,०००रुपैया, मेडल, प्रमाणपत्र, दोस्रो पुरस्कार १५,००० र तेस्रो पुरस्कार १०,००० रुपैया, मेडलबाट पुरस्कृत गरिने संघका सचिव डा।प्रकाश बस्नेतले बताए । प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढी संघसंस्थाहरुलाई आमन्त्रण गरिएको उनले बताए ।

 

 

सम्बन्धित शिर्षक :