स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर, सम्पन्न गरेको छ । सोहि पालिकाको वडा न ६ सँगको सहकार्यमा स्वास्थ्य शिविर,सम्पन्न भएको हो ।
हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविर,बाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका वीच गौमुखी गाउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गर्नु भयो ।
जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर, गर्नु त्यस क्षेत्रका नागरिकहरुका लागि निकै ठुलो अवसर भएको अध्यक्ष गिरीले बताउनु भयो । उहाँले बुटवलमा रहेको बुटवल हस्पिटलले लामो समयदेखि बिरामीहरुको सेवा गर्दै आएकोमा अहिले आफै विरामीहरूकै घरमा आएर सेवा दिएको भन्दै अभार प्रकट गर्नु भयो ।
अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आएपनि बरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण नागरिकहरु रोग पालेर बस्ने अवस्था रहेको धारणा राख्नु भयो । उहाँले आगामी दिनमा पनि बुटवल हस्पिटल सँगको सहकार्य रहिरहने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा पालिका उपाध्यक्ष महावीर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन अपिल गर्नु भयो । बुटवलमा पाईने विशेषज्ञ सेवा गाउँघरमै पाउने वातावरण निमार्ण गरि दिएकोमा उहाँले अस्पताललाई आधार प्रकट गर्नु भएको थियो । कार्यक्रममा गौमुखी गाउपालिका वडा न ७ का वडा अध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा लि संग सहकार्य गर्न पाउदा निकै सन्तुष्टि मिलेको बताउनु भयो ।
सो अवसरमा नारीकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानिय समाजसेवी वीर वहादुर केसी, वहादुर गिरी,कमल कुवँर,जुमान जिसी, हुकुम थापा, शिविर, सहजिकरण गर्ने प्रविण कुवँर,भरत जंग क्षेत्री लगायतले शिवीर नारिकोटका लागि फलदायी भएको बताउनु भयो ।
शिवीर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा लि का महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा विन्दु खरेल, बरिष्ठ फिजिसियन डा सागर पौडेल, हाड जोर्नी रोग बिशेषज्ञ डा सञ्जीव आचार्य, मेडिकल अफिसर डा अमृत बस्याल,डा सुजन आचार्य, बुटवल हस्पिटलका सिनियर कर्मचारी राजु पौडेल, मार्केटिङ म्यानेजर सुमन तिमिल्सिना लगायतको टिम प्युठान पुगेको हो ।
समाजिक उत्तरदायित्व अन्तरगत बुटवल हस्पिटल प्रा लि ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
प्रतिकया दिनुहोस्