“म मरेर बाँचेको मान्छे हुँ, क्यान्सरजस्तो रोगसँग जुधे, तर हिम्मत हारिन”:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य समस्यासँग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढेको बताउनु भयोे ।

लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘म मरेर बाँचेको मान्छे हुँ ।
क्यान्सर जस्ता थुप्रै रोग संग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उहाले भन्नुभयो,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसँग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’

त्यागको भावना बोकेर आफु अघि बढेको समेत बताउनु भयो ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारिताका साथ लाग्नुस । दृढ संकल्प लिनुस् सफलता प्राप्त सहजै हुन्छ’उहाले भन्नुभयो,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन ।

तर, निरन्तर लागेपछि अवश्य सुखद परिणाम प्राप्त हुन्छ ।’ युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गर्नु भयो ।

‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’उहाले भन्नुभयो,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियाशिल हुन युवाहरुमा आग्रह गरे।‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस, श्रेष्ठता हाँसिल गर्नुस’उहाले भन्नुभयो,‘गरे के हुदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गर्नु भयोे ।‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनाकै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्रि मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’उहाले भन्नुभयो,‘विश्व जगतलाईनै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षित गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यको छ ।

‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढीरहेको छु । सुशासन कायम गर्न आफैंबाट सुरु गर्नुपर्छ भनेर पूर्व बिशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’उनले भने,‘सुधारका कामहरु गर्दै जाने हो । समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ ।’ हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशिलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह गर्नु भयो ।

सम्बन्धित शिर्षक :