लुम्बिनी आयुर्वेद चिकित्सालय न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ८०.२५ अङ्कसहित उत्कृष्ट

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलले न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा सुधार गर्दै लगातार उत्कृष्ट नतिजा हासिल गरेको छ। स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशद्वारा २०८३ वैशाख १३ र १४ गते सम्पन्न मूल्याङ्कनमा चिकित्सालयले ८०.२५ अंक प्राप्त गरेको हो।आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख डा. बिभाकर ठाकुरले चिकित्सालयले सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधारका सूचकहरूमा राम्रो प्रदर्शन गरेको बताउनुभयो। उहाँले पूर्वसूचना बिना गरिएको मूल्याङ्कनमा समेत राम्रो नतिजा आउनु सकारात्मक रहेको उल्लेख गर्दै स्रोत र बजेट अभाव…

१४ रोगविरुद्धको सुरक्षा कवच: खोपले बचाउँछ बालबालिकाको जीवन

नेपालको नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र वैज्ञानिक उपायका रूपमा स्थापित भएको छ। यस कार्यक्रमअन्तर्गत देशभरका स्वास्थ्य संस्थामार्फत १४ प्रकारका गम्भीर तथा ज्यान जोखिममा पार्ने रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ। खोपले बालबालिकाको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गराएर भविष्यमा हुन सक्ने संक्रमण, अपाङ्गता तथा मृत्युबाट जोगाउँछ। त्यसैले खोपलाई “सुरक्षा कवच” भनेर चिनिन्छ। प्रारम्भिक अवधिः आधुनिक खोपको सुरुवात आधुनिक खोपको सुरुवात सन् १७९६ मा बेलायती चिकित्सक Edward Jenner ले गरेका थिए। उनले गाईमा लाग्ने “काउपक्स (cowpox)” रोग मानिसमा लगाउँदा चेचकबाट बच्न सकिने तथ्य…

खोपको महिना बैशाखसँगै विश्व खोप सप्ताह: खोजौं र खोपौं अभियानमा जुटौं

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्षको बैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउँदै आएको छ। अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभर विश्व खोप सप्ताहका रूपमा पनि मनाइन्छ। यो अभियानलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको पाइन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख महिनामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृहत् खोज र खोप अभियान २०८३ सञ्चालन गरेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले यो खोप अभियान सञ्चालन गर्न लागेको हो। खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा सामाजिक परीक्षण : सेवा प्रभावकारी, जनशक्ति र पूर्वाधार मुख्य चुनौती

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही मिडिया नेटवर्क प्रालिको आयोजना तथा चिकित्सालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम चिकित्सालय विकास समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। उहाँले चिकित्सालयले हालसम्म सन्तोषजनक सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै थप प्रभावकारी सेवा दिनका लागि स्थानीय तहसँगको समन्वय र सहकार्य अझै मजबुत बनाउनुपर्ने बताउनुभयो। “उपमहानगरपालिका सहकार्यका लागि सधैं तयार छ, चिकित्सालयलाई थप व्यवस्थित र सेवामुखी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो। स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख विभाकर…

नेपालमा सुरक्षित गर्भपतन: कानुनी अधिकारदेखि पहुँचको यथार्थसम्म

१. पृष्ठभूमि: नेपालको सार्वजनिक स्वास्थ्य र कानुनी इतिहासमा प्रजनन स्वास्थ्य अधिकारको सवाल एउटा महत्त्वपूर्ण र युगान्तकारी मोडमा उभिएको छ। कुनै समय मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तर्गत फौजदारी अपराधको श्रेणीमा राखिएको गर्भपतनलाई आज नेपालको संविधानले नै प्रजनन स्वास्थ्य अधिकार को रूपमा आत्मसाथ गरिसकेको छ। विशेष गरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को आगमनले नेपालमा गर्भपतन सेवालाई एउटा दया वा अनुकम्पाको विषयबाट पूर्णतः विस्थापित गरी महिलाको आधारभूत र अधिकारमा आधारित मौलिक हकको रूपमा स्थापित गरेको छ। यो कानुनी रूपान्तरणले महिलाको आफ्नो शरीर माथिको स्वायत्तता र निर्णय प्रक्रियालाई राज्यको…

दुधराक्ष स्वास्थ्य चौकीमा सामाजिक परीक्षण : बर्थिङ सेन्टर देखि एम्बुलेन्स सम्म माग

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिकास्थित दुधराक्ष स्वास्थ्य चौकीमा सेवा प्रवाहको अवस्था, उपलब्धि, चुनौती र आगामी सुधारका योजनाबारे विस्तृत रूपमा सामाजिक परीक्षण सम्पन्न गरिएको छ। स्वास्थ्य चौकीमा एक वर्षको अवधिमा भएका कामहरूको समीक्षा गर्दै सार्वजनिक गरिएको तथ्यांकले सेवा विस्तारसँगै सेवाग्राहीको पहुँच उल्लेखनीय रूपमा बढेको देखाएको छ। वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइएको थियो। २० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनअनुसार दुधराक्ष स्वास्थ्य चौकीबाट एक वर्षमा २० हजारभन्दा बढी सेवाग्राहीले…

पाल्पामा आयातित औलोको जोखिम कायमै, स्वास्थ्य सतर्कता बढाइँदै

स्वास्थ्यसमाचार/ पाल्पामा आयातित औलोको सङ्क्रमणको जोखिम कायमै रहेको पाइएको छ । जिल्लामा परीक्षण गर्दा फेला परेका सबै बिरामी भारतबाट सङ्क्रमण बोकेर आएका आयातित बिरामी भेटिने गरेकोले जोखिम रहेको हो । स्वास्थ्य कार्यालय पाल्पाले विश्व औलो दिवसका अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यलयका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लामा औलो रोगको समग्र अवस्था बारे जानकारी गराउदै पछिल्ला वर्षमा परीक्षणको दरमा वृद्धि गरिएको बताउनुभयो । किटद्धारा गरिने द्रुत परीक्षण (आरडिटी) परीक्षणमा आर्थिक वर्ष २०८०/८१ मा ४ हजार २७६ जनाको रगत परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण देखिएको थियो । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा परीक्षणको…

भैरहवामा सञ्चालनमा रहेका १७ अवैध मेडिकल बन्द,अनुगमनमा कडाइ

स्वास्थ्यसमाचार / रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दै १७ वटा अवैध रूपमा सञ्चालित मेडिकल बन्द गराइएको छ। वैशाख ११ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत तथा इजाजत बिना सञ्चालन भइरहेका मेडिकल तथा फार्मेसीहरू फेला परेपछि ती संस्थाहरू तत्काल बन्द गराइएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जी.सी. सहितको टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापा तथा सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधिहरूको संयुक्त सहभागितामा अनुगमन गरिएको…

गीता पाण्डेय मृत्यु प्रकरण: डा. सतिष रूपाखेतीलाई तत्काल निलम्बन गर्न सिफारिस

स्वास्थ्यसमाचार/ नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा डा. रूपाखेतीलाई मेडिकल काउन्सिलले पनि निलम्बन गर्ने निर्णय गरेको छ। काउन्सिलका रजिष्टार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको जुम बैठकले तत्कालका लागि डा. सतिष रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताए । ‘डा. सतिष रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘गीता पाण्डेयको उपचारमा संलग्न भएका संस्था जोनल फार्मेसी र ईन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।’ त्यस्तै…

‘विश्व खोप सप्ताह’ सुरु, १३ रोगविरुद्ध खोप प्रदान गरिने

स्वास्थ्यसमाचार/ वैशाख ११ गतेदेखि देशभर ‘विश्व खोप सप्ताह’ सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुसार बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ खोप सप्ताह सुरु भएको हो। मन्त्रालयका अनुसार खोप सप्ताह आगामी वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ। यो अवधिमा देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोपहरू पूर्ण निःशुल्क रूपमा प्रदान गरिनेछ। खोप सुरक्षित भएकाले ढुक्का भएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार खोपको प्रभावकारिताका कारण नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित…