स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेल ले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण कानुनी सुधार गर्दै ञस्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३झ जारी गरेका छन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४९१० बमोजिम जारी गरिएको हो।
यस अध्यादेशमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित विद्यमान कानुनहरूमा आवश्यक संशोधन गरी संस्थागत संरचना, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। स्वा
राष्ट्रपतिले सोही अवसरमा अन्य दुई अध्यादेश पनि जारी गरेका छन्, जसमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालय सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश समावेश छन्।
सरकारले विभिन्न क्षेत्रका कानुनहरू अद्यावधिक गर्दै प्रशासनिक सुधार र संस्थागत पारदर्शिता अभिवृद्धि गर्ने रणनीतिअनुसार यी अध्यादेशहरू अघि बढाएको बताइएको छ।यो अध्यादेश तत्काल कार्यान्वयनमा आएको छ भने आगामी संसद् बैठकबाट यसलाई प्रतिस्थापन विधेयकमार्फत अनुमोदन गरिने प्रक्रिया अघि बढ्नेछ।


प्रतिकया दिनुहोस्