स्वास्थ्यसमाचार/ सिदार्थनगर सिटी अस्पताल ले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै ‘सुलभ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। अस्पतालले पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै वैशाख १६ गतेदेखि सेवा लागू गरिएको जनाएको हो।अस्पताल प्रशासनका अनुसार सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने, अपरेशनका लागि महिनौं कुर्नुपर्ने, सफा तथा शान्त वातावरणमा उपचार नपाइने, स्वास्थ्यकर्मीबाट पर्याप्त समय र नम्र व्यवहार नपाइने जस्ता बिरामीका गुनासोलाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको हो। सबै वर्गका बिरामीलाई समयमै गुणस्तरीय, सम्मानजनक र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले योजना सुरु गरिएको अस्पतालले जनाएको छ। कार्यक्रम…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सुरक्षा माग्दै भेरी अस्पतालका चिकित्सक आन्दोलित :आकस्मिकबाहेकका सेवा बन्द
स्वास्थ्यसमाचार/ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। बाँकेको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर मंगलबार बिहान करिब साढे १० बजे एक समूह डा. सुवेदीको कार्यकक्षमा प्रवेश गरी हातपातको प्रयास गरेको तथा अपमानजनक व्यवहार गरेको थियो । अस्पताल प्रशासनका अनुसार उक्त समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित अन्य चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताइएको छ।प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले दोषीमाथि कारबाही र सम्पूर्ण स्वास्थ्यकर्मीको…
एआई प्रविधिबाट पाल्पामा क्षयरोगी खोज अभियान शुरु
स्वास्थ्यसमाचार/ पाल्पामा पहिलो पटक क्षयरोगी खोज्न आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरिएको छ । समुदायमा क्षयरोगीको संख्या बढ्दै गएपछि क्षयरोग पत्ता लगाउन एआईको प्रयोग थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा एआईमार्फत क्षयरोगी खोज्न थालिएको छ । जसका लागि स्वास्थ्यकर्मीको टोली एआई उपकरणसहित गाउँ–गाउँका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन् । अहिले यहाँको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको छ । समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई छिटो र छरितो ढङ्गले पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो…
तिलोत्तमाद्वारा सुलभ फार्मेसी सञ्चालन, औषधिमा २५ प्रतिशत छुट
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित “तिलोत्तमा सुलभ फार्मेसी” को उद्घाटन गरिएको छ। मणिग्राम चोकदेखि करिब १०० मिटर उत्तरमा स्थापना गरिएको उक्त फार्मेसीको उद्घाटन नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खाणले स्थानीय तहबाट नेपालमै पहिलो पटक यस्तो प्रयास गरिएको दाबी गरे। उनले गुणस्तरीय तथा मान्यताप्राप्त औषधि सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्ने बताए। फार्मेसीमार्फत औषधिमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै…
तिलोत्तमामा ‘पोषण लेखाजोखा अभियान : कुपोषित बालबालिकाको खोजपड्ताल गरिने
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी कुपोषणको समयमै पहिचान तथा उपचार गर्ने उद्देश्यले ‘पोषण लेखाजोखा अभियान’ सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अभियानअन्तर्गत नगरपालिकाले वैशाख १२ गतेदेखि १८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो। अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषण अवस्था परीक्षण गरिनेछ। कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको तिलोत्तमा नगरपालिका अन्तर्गत रहेको सेमराबजार हेल्थ पोस्टका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले बताउनुभयो।…
राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम: गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु
स्वास्थ्यसमाचार/ आज (मङ्गलबार) देखि गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु गरिएको छ। राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत ’समयमै पहिचान, सहि उपचारः कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मुख्य नारासहित स्वास्थ्यकर्मी मार्फत कुपोषित बालबालिका खोजपड्ताल सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो। जनस्वास्थ्य निरीक्षक कार्कीका अनुसार कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा पारिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गुल्मीका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहका ९३ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषणको अवस्था जाँच गरिने छ। लक्ष्यित समूहका बालबालिकामा शीघ्र कुपोषणको समयमै पहिचान गरी उपयुक्त कुपोषण व्यवस्थापन…
तिलोत्तमामा हुक्का र भेपको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुक्का र भेप (Vape) को प्रयोगमा कडाइ गर्दै नयाँ प्रतिबन्ध लागू गरेको छ। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माण गर्ने लक्ष्यअनुसार यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार होटल, रेस्टुरेन्ट, चिया पसल र क्याफेहरूमा खुला रूपमा हुक्का र भेपको प्रयोग हुँदा बालबालिका तथा किशोर–किशोरीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर परेको पाइएको छ। त्यसैगरी, शैक्षिक संस्थाको पोसाकमै विद्यार्थीहरूले यस्ता पदार्थ सेवन गरेको भेटिएपछि दुर्व्यसनी नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाको भनाइ छ। १८ वर्ष मुनिका बालबालिकालाई हुक्का तथा भेप बिक्री वितरण गर्न र सेवन गराउन…
उपचारका क्रममा बिरामीको मृत्युपछि भेरी अस्पतालमा तनाव, ओपीडी सेवा बन्द
उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेको भन्दै भेरी अस्पताल, नेपालगन्जका चिकित्सकहरुले कामकाज बन्द गरेका छन् । उपचारका क्रममा मृत्यु भएकी एक महिलाका विषयमा सोमबार देखि नै अस्पतालमा तनाव रहँदै आएको छ । बाँके बैजनाथ-६ की ६२ वषिैया महिला दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले सोमबार बिहानैबाट अस्पताल परिषर भित्र विरोध जनाउँदै आएका छन् । उनीहरुले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीबाट विरामीको मृत्यु भएको भन्दै क्षतिपुर्ती र चिकित्सकमाथि कारवाहीको माग गर्दै आएका छन् । मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै…
स्वास्थ्यमन्त्रीको निर्देशन: सहसचिवभन्दा तललाई रोक, दुरुपयोगका सरकारी गाडी मन्त्रालय तानियो
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या खानेपानीमन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारीसाधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो । सवारीसाधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारीसाधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुनबमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।कानुनअनुसार, सहसचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारीसाधन प्रयोग गर्ने व्यवस्था रहेको छ
पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज
स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका पूर्व पदाधिकारीहरूले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुदाहुदै पनि विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचारखर्च व्यहोर्ने अभ्यास हुँदै आएको थियो । २०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भएपनि अर्को…

