स्वास्थ्यसमाचार/ २५७० औं बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) को अवसरमा श्री संजय साई सेवा समूह भैरहवा, रुपन्देही र लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले शुक्रबार निःशुल्क लस्सी वितरण तथा निःशुल्क मधुमेह एवं रक्तचाप परीक्षण कार्यक्रम गरेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकमा लस्सी वितरण तथा मधुमेह परीक्षण कार्यक्रम गरिएको श्री संजय साई सेवा समूहका अध्यक्ष राजेन्द्र थापाले बताउनुभयो । ‘माधव सेवा नै मानव सेवा हो’ भन्ने नाराका साथ भएको कार्यक्रममा साढे ६ हजार जना बढीलाई लस्सी वितरण गरिएको थापाले जानकारी दिनुभयो ।
त्यस्तै लुम्बिनी मेडिकेयर एण्ड एसिस्टेन्स सेन्टर प्रा.लि. गल्लामण्डी, भैरहवाको सहयोगमा सहयोगमा १२५ जनाको मधुमेह तथा रक्तचाप परीक्षण गरिएको उहाँले बताउनुभयो ।
श्री संजय साई सेवा समूहका अध्यक्ष राजेन्द्र थापा र लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको अध्यक्ष पवित्रा पछाईको अध्यक्षता, लायन्स वर्ष २०२६–०२७ का डिष्ट्रिक गभर्नर सन्दिप कसौधनको प्रमुख आतिथ्यता, फस्ट भाइस डिष्ट्रिक गभर्नर मीना पन्थी, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर अर्चित श्रेष्ठको विशिष्ट आतिथ्यता र एरिया चिफ राकेश गुरुङको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिकया दिनुहोस्