फार्मेसी संघद्वारा निःशुल्क आँखा परीक्षण

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पछिल्लो सयममा विभिन्न कारणले साना बालबालिकाको आँखामा समस्या आईरहेको उल्लेख गर्दै आखाँ शिविरबाट त्यस्ता समस्याको पहिचान र उपचारमा मद्धत पुग्ने बताउनु भयो । उहाँले बुटवको केन्द्र भारमा भएपनि तिलोत्तमा माध्यमिक विद्यालयमा गरिव तथा विपन्न परिवारका बालबालिका रहेको बताउँदै यो विद्यालय छनौट गरेकामा फार्मेसी संघलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. पौडेल, महासचिव बने सिंह

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा सन्तोष पौडेल चुनिएका छन् । राजधानीमा गत शनिबार देखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी महासचिव थिए । यसैगरी संगठनको उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल चयन भएका छन् । महासचिव पदमा भीमराज सिंह चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए । यसैगरी उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । नौ सदस्यीय पदाधिकारीमा सहमति जुटेको भन्दै अपरान्ह तिर नै नाम घोषणा…

शुद्धोदन पूर्ण संस्थागत प्रसुतियुक्त, जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

स्वास्थ्यसमाचार/शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुति युक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक उमाकान्त चापागाईं लगायतले सो घोषणा गर्नुभएको थियो। स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै गाउँपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवा युक्त पालिका घोषणा गरिएको शुद्धोदन स्वास्थ्य सेवा शाखा…

क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो । विशेषगरि यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसीयु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीहरु गर्दा अब नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप…

दुर्घटनामा घाइते स्वास्थ्य शाखा प्रमुख यादवको उपचारको क्रममा निधन

स्वास्थ्यसमाचार/ रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत ) राम निवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो । बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडीको सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा यादव घाइते हुनुभएको थियो । दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि यादवलाई थप उपचारका लागि शनिबार…

तिलोत्तमा र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रमका लागि सम्झौता

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ। नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। यो कार्यक्रम नेपाल सरकार अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको एक उदाहरण हो, जसअन्तर्गत तिलोत्तमा नगरवासी तथा अन्य छिमेकी नगरपालिका र अन्य जिल्लालाई महिलाहरूलाई प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई…

गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर,७०जनाले लिए सेवा

स्वास्थ्यसमाचार /गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ७० जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ७० जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो ।गाउँपालिकाको बिनियोजित बजेटबाट तेश्रोे चरणमा उक्त कार्यक्रम गरिएको हो । गौमुखी ४ कि रिमा बिकले ३्४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित औषधि सेवनका कारण धेरै हद सम्म निको भएको बताउनुभयो। गौमुखी ५ कि…

स्वास्थ्य बिमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । बीमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि मेडिकल अधिकृत माग गरिएको हो । यसका लागि एमबीबीएस गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुभएका डाक्टरहरूले आवेदन दिन पाउनुहुनेछ । योग्यता पुगोक इच्छुकले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्ने बताइएको छ ।

सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी लुम्बिनीमा, नियन्त्रणका लागि अनुगमन गर्नुपर्नेमा जोड

स्वास्थ्यसमाचार/ विश्वमा नसर्ने रोगहरुबाट हुने मृत्यको संख्या बढिरहेको छ । जसमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने मृत्युको संख्या अत्याधिक रहेको छ । विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुन गरेको छ । सन् २०१९ को राष्ट्रिय रोगभार प्रतिवेदन अनुसार नेपालमा कुल मृत्युको करिब ७१ दशमलव ७ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । नसर्ने रोगहरुमा करिव १८ प्रतिशत मृत्यु धुम्रपान सेवनबाट हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले जानकारी दिए। सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ…

स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट सात जना सम्मानित

स्वास्थ्यसमाचार/यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’ सात जनाले प्राप्त गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा विविध क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो । तर यसपटक सात जनालाई पुरस्कार प्रदान गरिएको हो । जनही रु। ५० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरूमा डा तारासिंह बम, कल्पना आचार्य , रामप्रसाद न्यौपाने बुद्धि कट्टेल र पुष्प राज चौलागाईँ रहनुभएको छ । त्यस्तै रुद्रलाल कडरिया क्यान्सर परिषद्…