स्वास्थ्यसमाचार/ एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। बुटवलमा आयोजित मिडिया ब्रेकफास्ट कार्यक्रममा एएचएफ नेपालले नेपाल सरकारसँग सहकार्य गर्दै देशभरका १९ वटा एआरटी क्लिनिकमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिएको हो। कार्यक्रममा एएचएफ नेपालका लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्टराईले एएचएफ सन् १९८७ मा अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था रहेको जानकारी दिए। हाल विश्वका ५० भन्दा बढी देशमा एचआईभी तथा एड्ससम्बन्धी उपचार, परीक्षण र हेरचाह सेवा सञ्चालन गर्दै आएको संस्थाले नेपालमा सन् २००८ देखि काम सुरु गरेको उनले बताए। उनका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
तिलोत्तमा -१४ टिकुलीगढमा निःशुल्क क्यान्सर शिविर, ३२० लाभान्वित
स्वास्थ्यसमाचार/तिलोत्तमा –१४ टिकुलीगढमा शुभयात्रा नेपालको आयोजनामा निःशुल्क क्यान्सर रोग पहिचान तथा सचेतना शिविर सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका र वडा नं. १४ को सहआयोजना तथा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्तन, पाठेघर, फोक्सो र प्रोस्टेट क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरबाट ३२० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समयमै रोग पहिचान र सचेतना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा महत्वपूर्ण योगदान पुर्याउने बताए। शुभयात्रा नेपालका अध्यक्ष मधुसुदन गैह्रेले संस्थाको पञ्चसूत्रीय कार्ययोजना, क्यान्सर सचेतना कार्यक्रम तथा स्वास्थ्य, पर्यटन र सामाजिक…
एनएमए लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दा कुमारी गुरुङ निर्वाचित
स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को ३० औं कार्यकारिणी निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेश उपाध्यक्ष (प्रदेश संयोजक) मा डा. नन्दा कुमारी गुरुङ निर्वाचित भएकी छन्। निर्वाचन परिणाम अनुसार डा. गुरुङले २,९१० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी डा. सन्तोष पोखरेलले २,२४२ मत प्राप्त गरेका छन्।
चिकित्सक संघ अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित:अन्य पदमा को–को
स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा डा.अध्यक्ष निर्वाचित भएका हुन् । डा.रिजालले आफ्ना नजिकका प्रतिस्पर्धी डा.मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गरे । रिजालले ३१९६.मत पाउँदा डा. रावलले २९४० मत पाए । अध्यक्षका अर्काे प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत पाए । उनका प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत ल्याए । डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गरे । महासचिवमा डा.विश्वराज दवाडी विजयी…
बुटवलमा जेष्ठ नागरिक स्वास्थ्य अभियान प्रभावकारी :एक सातामै १,२३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम अन्तर्गत मंगलबार वडा नम्बर ११ मा जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने तथा उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा आवश्यक उपचारमा सहयोग पुर्याउन कार्यक्रम सञ्चालन गरिएको बताए। उनले आगामी आर्थिक वर्षदेखि वर्षमा तीन पटकसम्म कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। नगरप्रमुख पाण्डेयले प्रदेश सरकारसँग प्रयोगशाला परीक्षणका लागि सहकार्य भइरहेको उल्लेख गर्दै स्वास्थ्य संस्थासम्म…
लुम्बिनी प्रादेशिक अस्पतालमा करार सेवामा विशेषज्ञ चिकित्सकसहित १५ कर्मचारी माग
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिको सूचना प्रकाशित गरेको छ। अस्पतालले कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, कार्डियोलोजिस्ट, न्यूरो सर्जन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जन, ग्यास्ट्रोएन्टेरोलोजिस्ट, अंको सर्जन, फिजियोथेरापिस्ट, मेडिकल रेकर्ड अधिकृत, रेडियोग्राफी टेक्नोलोजिस्ट, डाइटिसियन सुपरभाइजर, कम्प्युटर सब इन्जिनियर र मेडिकल रेकर्ड असिस्टेन्टलगायत पदमा आवेदन खुलाएको हो। इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित अस्पतालमा आवेदन दिन सक्नेछन्। आवेदन फाराम तथा विस्तृत जानकारी अस्पतालको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ। यस्तो छ सुचना
राजनीतिक नियुक्ति लिएका थप पाँच सय पदाधिकारीलाई पनि पदमुक्त गरिँदै
काठमान्डौ/ सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार विगतमा राजनीतिक नियुक्ति लिएका एक हजार ५९४ जनालाई पदमुक्त गरेको सरकारले सार्वजनिक संस्थानसहितका निकायमा हाल बहाल रहेका थप पाँच सय राजनीतिक नियुक्ति पनि चाँडै खारेज गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार अध्यादेशबाट पदमुक्त हुन जोगिएका राजनीतिक नियुक्तिलाई पनि चाँडै हटाउने योजना अघि बढिसकेको छ। ‘पहिलो चरणमा विभिन्न ऐनअनुसार नियुक्ति लिएकालाई अध्यादेश ल्याएर हटाइएको हो,’ उच्च स्रोतले भन्यो, ‘अधिकांश सार्वजनिक संस्थानमा भने सम्बन्धित मन्त्रालयले कार्यविधि र सम्बन्धित संस्थानको कर्मचारी प्रशासन विनियमावलीअनुसार सञ्चालक समिति अध्यक्ष, कार्यकारी प्रमुख र…
बुटवल: “बा–आमा संग नगरप्रमुख” कार्यक्रम प्रभावकारी, १,७८४ जनाले सेवा लिए
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको लगानी तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरसँगको समन्वयमा सञ्चालन गरिएको ६० वर्षमाथिका जेष्ठ नागरिकका लागि निःशुल्क प्रयोगशाला परीक्षण सेवा प्रभावकारी रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको उक्त सेवाबाट १,०३७ जना जेष्ठ नागरिकले प्रयोगशाला परीक्षण सेवा लिएका छन्। सेवा लिनेहरू बुटवल उपमहानगरपालिकाका वडा नं. ८ देखि १९ सम्मका रहेका छन्। यसैगरी “बा–आमासँग नगरप्रमुख” स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम अन्तर्गत वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको वडा स्तरीय शिविरबाट थप ७४७ जना जेष्ठ नागरिक लाभान्वित भएका छन्। उक्त कार्यक्रम…
रुपन्देहीमा २२६ क्लिनिक दर्ता, तर ६सय भन्दा बढी सञ्चालनको अनुमान: दर्ताबाहिरका क्लिनिक छन कहाँ?
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको दर्ता, सञ्चालन र अनुगमनको अवस्थाबारे विभिन्न निकायका तथ्याङ्कहरूबीच फरक–फरक विवरण सार्वजनिक भएका छन्।बुटवल, तिलोत्तमा र सिद्धार्थनगर क्षेत्रमा क्लिनिक तथा ल्याबको संख्या, दर्ता प्रक्रिया र अनुगमनको प्रभावकारिताबारे सम्बन्धित अधिकारीहरूले आ–आफ्नो तथ्य प्रस्तुत गर्दै अवस्था अझै व्यवस्थित हुन नसकेको बताएका छन्। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले बुटवल क्षेत्रमा हालसम्म ३० वटा क्लिनिक दर्ता भएको बताउनु भयो। उहाँले दर्ता भएका संस्थाहरूको सूची स्थानीय तहमा अद्यावधिक भए पनि सञ्चालनमा रहेका केही क्लिनिकहरू नियमित मापदण्डअनुसार नभएको अवस्था पनि देखिएको बताउनु भयो। त्यस्तै, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य…
उद्घाटन पछि २ वर्ष थन्किएको सेतो रगत बनाउने मेसिन पुनः सञ्चालनमा आउने
स्वास्थ्यसमाचार/ रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराएको करिब १ करोड ५८ लाख रुपैयाँ मूल्यको “सेतो रगत बनाउने मेसिन” (कम्पोनेन्ट सेन्ट्रीफ्युज) लगायक आबश्यक उपकरण दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। अस्पतालले अब आगामी आर्थिक वर्षदेखि उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले दुई वर्षअघि ठूलो लगानीमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको मेसिन उद्घाटनपछि प्रयोगमै नआएको बताउनु भयो। उहाँले “१ करोड ५८ लाख रुपैयाँमा किनेको मेसिन लगायक आबश्यक उपकरण उद्घाटन त भयो, तर त्यसपछि प्रयोग नभई थन्किएर राखिएको छ,” भन्नुभयो। दाताले…

