लुम्बिनी प्रदेशका अस्पतालको समस्या पहिचान गर्न विवरण संकलन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले अस्पतालहरूको आर्थिक आत्मनिर्भरताका लागि योजना अघि बढाएको छ।

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकको निर्णयअनुसार प्रादेशिक तथा अन्य अस्पतालहरूलाई आत्मनिर्भर बनाउन र कार्य सञ्चालनमा मितव्ययीता ल्याई स्रोतको उच्चतम उपयोग गर्नुपर्ने उपायहरू अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्य अघि बढेको हो।

स्वास्थ्य मन्त्रालयले उक्त उद्देश्यका लागि मन्त्रीस्तरीय निर्णयअनुसार एक अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलमा पूर्व स्वास्थ्य मन्त्रीहरू माननीय विष्णु पन्थी (संयोजक), माननीय राजु खनाल र माननीय दीपेन्द्र पुन मगर रहनु भएको छ।

साथै, निर्वतमान स्वास्थ्य निर्देशक तथा स्वास्थ्य विज्ञ डा. विनोद गिरी, मन्त्रालयका नर्सिंड तथा परिवार कल्याण महाशाखा प्रमुख ईश्वरी के.सी. र साझेदार संस्था ग्ल्ँएब् बाट राम थापा समेत कार्यदलमा संलग्न रहनु भएको छ्।

कार्यदलले प्रदेशका १४ वटा अस्पतालबाट विवरण संकलन गरी प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको के.सीले बताउनु भयो ।टोलीले हालसम्म प्रदेशभरका ५ वटा अस्पतालमा स्थलगत अनुगमन गरेको छ, जुन पहाड, तराईलाई मिलाएर वर्गीकरणको आधारमा चयन गरिएको थियो स्थलगत अनुगमन गरिएका पूर्वी रूकुम, गुल्मी, पाल्पा, तुलसीपुर, र बर्दिया अस्पताल रहेको र उक्त अस्पतालको विवरण संकलन समेत भएको केसीले बताउनु भयो।

कपिलवस्तु र लुम्बिनी प्रादेशिक अस्पतालको विवरण संकलन प्रक्रियामा रहेको र अन्य बाँकी अस्पतालहरूको विवरण इमेलमार्फत संकलन गरिने टोलीले जनाएको छ।

अध्ययनको मुख्य एजेन्डा भनेको अस्पताललाई आत्मनिर्भर बनाउने, कार्य सञ्चालनमा मितव्ययीता ल्याउने र अस्पताल लाई दीर्घकालीन रुपमा सञ्चालनमा समाधान गर्नु रहेको परिवार कल्याण महाशाखा प्रमुख के.सी.ले बताउनु भयो ।

सम्बन्धित शिर्षक :