लुम्बिनीका एम्बुलेन्स चालकलाई लागि ‘प्रि हस्पिटल केयर तालिम’

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न मद्दत पु¥याउँने उदस्यले लुम्बिनीका १६ जना एम्बुलेन्स चालकका लागि प्रि हस्पिटल केयर तालिम दिइएको छ ।स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा यहि चैत्र २४ गते देखी २७ गते सम्म तालिम सञ्चालन गरिएको हो ।

तालिममा लुम्बिनी प्रदेश रुपन्देही पाल्पा गुल्मी अर्घाखाँची दाड लगायका जिल्लाका १६ जना सहभागिता थियो ।तालिम संयोजक शितल भण्डारीका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम मापदण्डमा आधारित भई सञ्चालन गरिएको हो । तालिम प्राप्त चालकले मात्रै एम्बुलेन्स चलाउन पाउने नियम छ ।

स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत कृष्ण पराजुलीले तालिममा ‘बिरामीलाई अस्पताल पु¥गाउनु भन्दा पहिले एम्बुलेन्स चालकले के कस्ता काम गर्ने, नियम कानुन के छ ? ट्राफिक नियम के छ लगायतका कुराहरु सिकाएको बताउनु भयो ।

उहाँले यस प्रकारको तालिमले एम्बुलेन्स चालकहरुलाई विभिन्न आपतकालीन अवस्थाहरूमा तिनीहरूको कार्य दक्षता र आत्मविश्वास बढाउनुमा मद्दत पु¥याउँने वताउनु भयो ।

तालिम समापनमा बोल्दै स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुबन कुँवरले मानसिक दबाबको बीचमा सही निर्णय गर्न र शान्तिपूर्ण र प्रभावकारी ढंगले कार्य गर्न सक्षम बनाउनका लागि पनि यो तालिम सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले चालकहरुको कार्यक्षमता र आत्मविश्वास लाई आपतकालीन अवस्थामा सही प्रयोग गर्न सहज बन्ने समेत बताउनु भयो । उहाँले सिकाइ र सुधारको प्रयासले जीवन सुरक्षा सुनिश्चित गर्नमा मद्दत पुग्ने बताउनु भयो ।कुबरले निर्देशिका अनुसार एम्बुलेन्स चालकले राष्ट्रिय तालिम केन्द्रको तालिम लिएको हुनुपर्ने व्यवस्था अनुसार तालिम सञ्चालन गरिएको वताउनु भयोे ।

समापन कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ शाखा अधिकृत राजन केसी प्रशिक्षक लगायतको सहभागीता रहेको थियो ।तालिम सञ्चालन जनस्वास्थ्य अधिकृत शीतल भण्डारीले गर्नुभएको थियो।

एम्बुलेन्सलाई ए र बी सी ग्रेडमा वर्गीकरण

एम्बुलेन्सलाई ए र बी ग्रेडमा वर्गीकरण गरिएको छ । एम्बुलेन्स सञ्चालन निर्देशिकाले सी ग्रेडको एम्बुलेन्सलाई बिरामी ओसार–पसार गर्ने साधनका रुपमा परिभाषित गरेको छ ।

लुम्बिनीमा ए ग्रेडका एम्बुलेन्स असाध्यै कम भएकाले पूर्ण रुपमा पालना गर्न सकिएको छैन । राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले ग वर्गमा सञ्चालित एम्बुलेन्सलाई ख वा क वर्गमा स्तरोन्नती गर्नुपर्ने भनेपनि सो अनुसार हुन सकेको छैन । निर्देशिका अनुसार एम्बुलेन्स चालकले राष्ट्रिय तालिम केन्द्रको तालिम लिएको हुनुपर्ने व्यवस्थाअनुसार तालिम सञ्चालन गरिएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले २०७७ साउन महिनादेखि एम्बुलेन्समा जीपीएस जडान सुरु ग¥यो । जीपीएस जडानसँगै निर्देशनालयले ‘लुम्बिनी प्रदेश प्रेषण केन्द्र’को स्थापना गरेर एम्बुलेन्सहरूको निगरानी गर्न थालिएको निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ सय ५५ वटा एम्बुलेन्स सञ्चालनमा छन् । लुम्बिनीमा ए ग्रेडका एम्बुलेन्स लुम्बिनी प्रादेशिक अस्पतालमामात्र रहेको छ ।

सम्बन्धित शिर्षक :