नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको छः स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमााचार/रुपन्देही लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर शारुले पछिल्लो समयमा नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको बताउनु भयो ।

सेवा संगै सचेतनाका कार्यक्रम भएकोले आयुर्वेद तर्फ मानिसहरुको बिश्वास बढदै गएको बताउनु भयो । उहाले लुम्बिनी आयुर्वेद चिकित्सालयको न्युनतम सेवा मापदन्ड ((एमएसएस) ) समापन कार्यक्रममा यस्तो उक्त कुरा बताउनु भएको हो ।

मन्त्री सारुले चिकित्सालयमा उपचारमा आएका बिरामीहरुलाई सेवामा बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । मन्त्रालयले आवश्यकता अनुसार उपकरण भबन तथा ब्यबस्थापनका कुराहरुलाई प्रथामिकताका आधारमा थप गर्दे जाने बताउनु भयो ।

अस्पतालमा उपलब्ध श्रोत र साधनले बिरामीलाई मुस्कान सहितको सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह समेत गर्नु भयो । उहाले प्रदेशका सबै अस्पतालमा पुरानो दरबन्दी रहेकोले अब ओएनएम गरेर आबश्यक दरबन्दी तथा अन्य संरचना बिस्तार गर्दे जाने समेत बताउनु भयो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरीले सेवा प्रवाह सुधार रहेको बताउदै अझ थप मेहनेत गर्नु पर्ने बताउनु भयो । उहाले चिकित्सालयमा दरबन्दी पुरानो र जनसंख्या बृद्धिभएको अनुपातमा भएको बताउनु भयो । उहाले निर्देशनालय आबश्यक सहयोगको लागी प्रतिबद्धरहेको बताउनु भयो ।

कार्यक्रममा न्यूनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा.प्रवेश श्रीवास्तवले चिकित्सालयको अबस्था र अबगर्नुे पर्ने कामको बारे जानकारी गराउनु भयो । चिकित्सालयका डा योगेश ढकालले अस्पतालको अबस्था दैनिक दिईने सेवा हिजो र अहिले अबस्था वारे जानकारी गराउनु भयो ।

अस्पताल निमित्त प्रमुख गणेश सापकोटाले अस्पतालको वारे जानकारी गराउदै २०३७ सालको दरबन्दीले चिकित्सालय सञ्चालनमा समस्या रहेको बताउनु भयो । उहाले ओएनएम गरेर आबश्यक दरबन्दी उपलब्ध गराइदिन मन्त्रीलाई आग्रह समेत गर्नु गर्नु भयो । अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामीले सेवा लिएको यस चिकित्सालयमा नेपालमात्र नभएर भारतबाट समेत सेवा लिन आएको बताउनु भयो।

अस्पताल विकास समितिका अध्यक्ष शिब ज्ञावालीले अस्पताललाई अहिले अबस्थामा ल्याउन आफुहरुले सक्दो प्रयास गरेको र गरे हुनेरहेछ भन्ने कुरा अस्पतालबाट प्रमाणित भएको बताउनु भयो । उहाले मन्त्रीलाई अस्पतालको वारे जानकारी गराएको यो बर्ष सम्बोधन हुने कुरामा आफुहरु आशावादी रहेको बताउनु भयो । कार्यक्रमको संञ्चालन स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद फोकल प्रशन डा.श्रवण चौधरीले गर्नु भएको थियो ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयमा लुम्बिनी आयुर्वेद चिकित्सालय ७६.४८ प्रतिशत अंक प्राप्त

न्यूनतम सेवा मापदण्ड कार्यान्वयमा लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवामा सुधार देखिएको छ । आयुर्वेदमा गत बर्षबाट सुरु गरिएको न्यूनतम सेवा मापदण्ड गत बर्षको जस्तै सुधार भएको छ। चिकित्सालयले यस वर्ष ७६.४८ प्रतिशत अंक प्राप्त गरेको छ ।

न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा.प्रवेश श्रीवास्तवले ७६.४८ प्रतिशत अंक प्राप्त गरेको घोषणा गर्नु भयो ।

डा श्रीवास्तवले तोकिएको सूचकमा केन्द्रित भई स्थलगत अनुगमन तथा मुल्यांकन गरि चिकित्सालयलाई नंम्बर उपलब्ध गराएको वताउनु भयो । उहाले चिकित्सालयको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर मूल्यांकन गरिएको वताउनु भयो।

टोलीमा स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद फोकल प्रशन डा श्रवण चौधरी डा प्रबेश श्रीवास्तव र डा अर्जुन पौडेल सहितको टोलीले २ दिन सम्म चिकित्सालयको मुल्याकंन गरेको थियो ।

लुम्बिनी प्रदेशमा आयुर्वेदको अबस्था

लुम्बिनी प्रदेशमा आयुर्वेद क्षेत्रमा दुईबाट अस्पताल रहेका छन एउटा दाडमा आयुर्वेदिक प्रदेशिक अस्पताल छ भने बुटबलमा लुम्बिनी आयुर्वेद अस्पताल रहेका छन। दाडमा ३० बेड सञ्चालमा रहेको छ। त्यहाँ अप्रेशन पंञ्चकर्म सेवा बालरोग सेवा नाक घाटी आँखा फिजी यो थेरापी लगायतका सेवा सञ्चालनमा रहेका छन यहाँ न्युनतम शुल्कमा अप्रेशन हुने गरेको अस्पतालले जनाएको छ।

त्यस्तै बुटबलमा आयुर्वेदिक औषधालयमा अस्पतालमा हाल ओपीडी र पञ्च कर्म सेवा विस्तार गरिएको छ ।नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको छ । लुम्बिनी आयुर्वेद अस्पतालमा १५ सञ्चालन रहेको छ ।

अस्पतालमा शालाक्य सेवा नाक, कान, घाँटी सेवा विस्तार र अन्तरंग सेवा सुरु भएको छ अस्पतालको प्रयोगशालामा सरकारी नियम अनुसारको न्यून शुल्क रहेको छ । पञ्च कर्ममा सामान्य शुल्क रहेको छ ।

अरु १२ जिल्लामा आयुर्वेद स्वास्थ्य संस्था रहेका छन। लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको अस्पतालको तथ्यांकले पनि देखाउँछ । पछिल्लो समय आयुर्वेदिक उपचारमा सर्वसाधारणलाई विश्वास बढ्दै गएको लुम्बिनी आयुर्वेद औषधालयका प्रमुख गणेश सापकोटाले बताउनु भयो।

बिरामी संग अस्पतालले कस्तो सेवा दिएको छ स्वास्थ्यमन्त्री कुरा गर्दे ।

सम्बन्धित शिर्षक :