भारतमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा

स्वास्थ्यसमाचार/ भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ । भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । भारतका तीन सेना थलसेना,वायुसेना र नौसेना ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो । कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती…

५७ वर्ष नर्सिङ सेवामा समर्पित नर्सिङ संघकी पूर्व अध्यक्ष को निधन

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । ७७ वर्षीया राईको सोमबार विहान साढे ७ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीकाअनुसार उनको सोमबार विहान निधन भएको हो । ‘उहाँको अवस्था अलि क्रिटिकल नै थियो, विहान बित्नुभयो,’ डा। सेन्चुरीले भने । शान्ता भवन पाटनबाट नर्सिङ पेशा सुरु गरेकी थिइन् । राई शान्ता भवन हाल ललितपुर नर्सिङ क्याम्पसको पहिलो नेपाली प्रमुख समेत थिइन् । नेपाल नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार लक्ष्मी राईकाअनुसार उनी सो क्याम्पको सुरुवाती चरणकी अध्यापक हुन् ।…

किट अभाब भएपछि भैरहवा प्रयोगशालामा कोरोना परीक्षण रोकियो

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना परीक्षण गर्न किट अभाव हुन थालेको छ । प्रदेशमा तीनवटा प्रयोगशाला सञ्चालनमा रहे पनि रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावसँगै कोरोना परीक्षण रोकिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशका अन्य प्रयोगशालाहरूमा पनि केही दिनलाई मात्रै पुग्ने किट रहेको बताए ।समयमै किट नआए प्रदेशका अन्य ल्याबहरूमा समेत किट अभाव हुने चौधरीले बताए । प्रदेशमा रुपन्देही, दाङ र बाँकेमा प्रयोगशाला सञ्चालनमा रहेका छन् । प्रदेश जनस्वास्थ प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले आइतबार १० जनाको स्वाब परीक्षण…

नेपालगञ्जमा थपिए ६ जना कोरोना संक्रमित, प्रदेश ५मा संक्रमितको संख्या १६

स्वास्थ्यसमाचार/ नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देवकोटाले पुष्टि गरेका थिए । केही दिनअघि नेपालगञ्ज उपमहानगर पालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।   ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म…

नेपालगञ्ज र बिरगञ्जमा थप १० जनामा कोरोना ,नेपालमा संक्रमित संख्या ६९ पुग्यो

स्वास्थ्यसमाचार /प्रदेश नं ५को नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा गरि ९ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । यो संगै प्रदेश नं ५मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । गत बैसाख १९ गते नेपाल गञ्ज १ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमित भेटीएका थिए । यसै गरि पर्सामा पनि एक महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा देबकोटाले बताए । आज एकै पटक १० जनामा कोरोना संक्रमणको पुष्टि भएको…

रुपन्देहीमा कोरोना संक्रमित भेटिएपछि तिलोत्तमा लकडाउन कडा

स्वास्थ्यसमाचार /कोटहिमाई गाउँपालिका रुपन्देहीमा कोरोना भाइरस संक्रमित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई कडाइ गर्ने भएको छ। तिलोत्तमका नगरपालिकाले आज एक सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर जान नपाउने नियम बनाएको छ। लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ। सोमबार बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन्।   नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने…

विषालु च्याउ खाँदा एकै परिवारका ७ जना विरामी

स्वास्थ्यसमाचार/ रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना विरामी भएका छन् । भैसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी भएका हुन् । विरामी हुनेमा १२ वर्षिय बालिकादेखि ७० वर्षिय वृद्धा छन् । विरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन, १४ वर्षिय मनिषा हरिजन, १६ वर्षिय रामानन्द हरिजन, १८ वर्षिय लक्ष्मी हरिजन, ३५ वर्षिय सरस्वती हरिजन, ४५ वर्षिय बद्री हरिजन र ७० वर्षिय कैलाशी हरिजन रहेका छन् । शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि…

कोरोना पुष्टी भएपछि कोटहीमाई गाउँपालिकाको पुर्निहवा गाउँ सिल

स्वास्थ्यसमाचार/रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले बताए। अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन। उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ। गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् । संक्रमण पुष्टि भएपछि २५ वर्षीय…

कोरोना संक्रमण रोकथामका लागि भारतमा २ हप्ता लकडाउन

स्वास्थ्यसमाचार/भारतमा लकडाउन अवधि २ हप्ता थप भएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि २ हप्ता लकडाउन लम्ब्याएको हो । आगामी ३ मेसम्म कायम यसअघि घोषित लकडाउन अब १७ मेसम्म कायम रहने छ । भारतमा लकडाउन बढेपछि नेपालमा बढ्न सक्ने अनुमान गरिएको छ । नेपालमा बैशाख २५ गतेसम्म लकडाउन कायम छ ।

प्रदेश ५मा २ जना कोरोना संक्रमित नेपालमा संक्रमतिको संख्या ५९

स्वास्थ्यसमाचार/ प्रदेश ५को रुपन्देही र नेपालगन्जमा २ जनासहित प्रदेश ५ मा पहिलो पटक एकसाथ २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार प्रदेश ५ मा २ जना संक्रमित भेटिएका हुन् । भेरी प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ । प्रदेश ५ स्वास्थ्य…