रुपन्देहीमा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन अभियान जारी

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले आफ्नो पालिकामा निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयनका लागि रुपन्देहीका बुटवल र तिलोत्तमा नगरपालिकाका मेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

ध्यानाकर्षण पत्रमा प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन सङ्ग जोडिएका स्थानीय नीति नियम प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउन सक्ने क्यान्सर रोगको रोकथाम र नियन्त्रण हुनसक्छ भन्ने मुख्य उद्धेश्यका साथ स्थानीय पालिकाको ध्यानाकर्षण गरिएको संस्थाका सचिव प्रजापाल गिरीले बताउनु भयो।

तसर्थ यस रोगबाट हुनसक्ने ठूलो जन, धनको क्षतिबाट समाज र राष्ट्रलाई जोगाउन सुर्तीजन्य पदार्थको उपयोगलाई न्यूनीकरण सम्बन्धि विध्यमान रहेका “ सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने ) ऐन २०६८ र यस पालिकाको यो ऐनसङ्ग जोडिएका नीति नियम लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै संस्थाका सभापति खिम बहादुर हमालको नेतृत्वमा गएको टोलिले बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख पुष्कर रानालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

कार्यक्रममा संस्थाका उपसभापति बीना न्यौपाने, सल्लाहकार मधुसूदन गैह्रे, सहकोषाध्यक्ष पुनम पौडेल,सदस्य इन्दिरा पाण्डे र रमेशकुमार पराजुलीको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :