“कपडाको मास्क जनस्वास्थ्य हित विपरित” :स्वास्थ्य निर्देशक गिरी

स्वास्थ्यसमाचार/ विश्वमा नै भयावहका रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड १९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन आग्रह पनि उनीहरुले गराएका छन् । रोटरी क्लब अफ बुटवलले आफ्नो १३०२ औं नियमित बैठकका अवसरमा शनिवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सुचनाहरुले भ्रम छर्ने काम गरेको हुदा कोरोनाका…

प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न बिशेष तयारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/ नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला, सभा रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताए । उनले कोरोनाको प्रकोप रोक्न सचेत हुनु पर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआंउदा सम्म डराउन आवश्यक नरेको बताए ।मन्त्री बरालले प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न प्रदेश सरकारले बिशेष तयारी गरिरहेको बताउंदै मन्त्री बरालले भारतसंग नाका जोडिएका ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको बताए । उनले प्रदेशको बांके, दाङ र रुपन्देहीमा सुबिधा…

तिलोत्तमा शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरे । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र…

कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाऔं : मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाउन आह्वान गरे । प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारको आग्रह अनुसार भिडभाड नगर्न, ठूला सभा समारोह र भेलाहरु नगर्न पनि आह्वान गरे । उनले प्रदेशबासीले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनुपर्ने भन्दै एकअर्काबीचको सम्पर्कबाट जोगिन आग्रह गरे। मुख्यमन्त्री पोखरेलले भने भेट भएपछि,नमस्कार गरौं र संक्रमण हुनसक्ने क्रियाकलापबाट टाढै बसौं यसो गरेमा हामी जोगिन सकिन्छ उनले भने। उनले प्रदेश सरकारले कोरोना संक्रमणबाट जोगिन र संक्रमण देखिएमा त्यसका लागि प्रदेश सरकारले…

प्रदेश पाँच :मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण विशेष कार्यक्रम संचालन हुने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो ईक्वीपमेन्ट सहितको दक्ष जनशक्तियुक्त बनाउनकालागि बिशेष कार्यक्रम सुरु गर्न लागेको हो । बुधबार सामाजिक बिकास मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि संघीय सरकारले प्रदान गरेको प्राप्त १० करोड रुपैंया बिशेष अनुदानबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीका लागि एसबिए…

सैनामैना नगरपालिकाको सालझन्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनामा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ ।सैनामैना नगरपालिका वडा नंं ११ पिपलडांडास्थित करिब १४ कठ्ठा जग्गामा एक करोड ११ लाख रुपैयां लागतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको हो । २०७२ सालमा सर्पदंश उपचार केन्द्र निर्माणका श्रीमद भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयां वचत भएको थियो । यस्तै भवन निर्माणका लागी सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैया,स्थानीय नरिश्वर पाण्डेले तिन लाख रुपैयां, कञ्चन गाउपालिकाले ९८ हजार,गैडहवा गाउपालिकाले एकलाख र भूपू सैनिक सालझण्डीले रु५५ हजार सहयोग तथा स्थानीयबासीहरुको चन्दा रकमबाट भवन निर्माण गरेको निर्माण समितिका…

ज्वरो १०२ डिग्रीभन्दा कम भए कोरोना संक्रमणको आशंका गर्नु पर्दैन : डा आचार्य

वुहानबाट फर्केका डाक्टर  डा रमेश आचार्य भन्दछन ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी भक्तपुरमा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए । मन्दिर जाँदा सावधान राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा…

नेपाल चिकित्सक संघ लुम्बिनी शाखामा डा. ढकाल

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा ईन्द्र ढकाल निबिरोध निर्बाचित भएका छन । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा डिवि खत्री, उपाध्यक्षमा डा संदीप सुबेदी महासचिबमा डा सन्तोष पोखरेल कोषाध्यक्षमा डा सरिता देबि श्रेष्ठ सहसचिब सागर क्षेत्रि सह कोषाध्यक्षमा डा नेत्र बहादुर राना निर्बाचित भएका छन । त्यस्तै सदस्यमा डा बिनोद कुमार पराजुली,डा बर्षा थापा डा शमिर आर्चाय,डा मोहन तिबारी,डा राज कुमार श्रेष्ठ र डा खलिल मिया निर्बाचित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए । मतदान अधिकृत डा सम्राट पराजुलीले फागुन भित्र सबै शाखाको निर्बाचन सम्पन्न गर्न…

कोरना संक्रमितका लागी प्रदेश ५का १२अस्पतालमा आइसोलेशन बेड तयार

स्वास्थ्यसमाचार प्रदेश ५ का १० वटा अस्पतालमा कोरना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेशन बेड तयार भएका छन। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेशन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसुलेशन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेसु डा राजेन्द्र खनालले बताए । उक्त अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ। लुम्बिनीमा डा सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ। यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी…

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन १५ सुझाव

कोरोना भाइरस ‘कोभिद–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन्। अहिलेसम्म ५८ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन्। कोरोनाको प्रकोप विश्वव्यापी बन्दैजाँदा यस भाइरससँगै यसबारेको बिभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न निकायहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैल्याउने कार्य निन्दनीय भएको बताएको छ। डब्लूएचओले कोरोनाबारे फैलिएका भ्रम हटाउन हालै १५–बुँदे सुझाव सार्वजनिक गरेको छ। गलत अफवाहलाई चिर्न पनि…