स्वास्थ्यमा भ्रष्टाचार र सेटिङको खेल चल्न पाउँदैन : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा पारदर्शी भएर काम गर्ने बताएका छन्।

सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले मन्त्रालयमा सुचनाको पहुच नहुने तथा खरिद प्रक्रियामा भ्रष्टाचार र कमिसनको खेल हुने गरेकोले सुचनामा पारदर्शी किन हुन सक्दै भन्ने प्रश्नको जवाफ दिदै मन्त्रिले यस्तो बताएका हुन्।

उनले हरेक काम पारदर्शी ढंगबाट मात्र हुने जिकिर गर्दै भने ‘जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन दिन्न।’

यसैबीच बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको मन्त्री गिरीले बताएका छन्। आइतबार मात्रै बाँकेमा फैलिएको दादुरा प्रकोप नियन्त्रणको अवकलोकनका लागि मन्त्री गिरी सहितको स्वास्थ्य मन्त्रालयको टोली त्यहाँ पुगेको थियो।

दादुराको प्रकोप नियन्त्रण हुन अझै एक महिना लाग्ने बताउँदै उनले नियन्त्रणका लागि स्रोत साधनमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेदेखि स्वास्थ्य बिमा कार्यक्रम प्रमुख प्राथमिकतामा रहेको बताउने गरेका उनले यसको कार्यान्वयन गरेरै छाड्ने उल्लेख गरे। बिमाको दायरालाई अझ फराकिलो र व्यापक बनाएर लैजान सके मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउन सक्ने उनले बताए।

त्यसैगरी स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय पनि आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनले बताए।

कार्यक्रममा स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष राम प्रसाद न्यौपानेले मन्चको बारेमा जानकारी दिदै राम्रो काममा पत्रकार सधै साथ रहेने र गलत गरेको देखिए प्रतिपक्षको भुमाकामा रहने भएकाले पारदर्शी र जन मुखि कामा गरे सधै साथ रहेने बताए।

सम्बन्धित शिर्षक :