कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ

कुष्ठरोग छाला र नशामा लाग्ने श्वास प्रश्वासको माध्याम बाट मानिसबाट मानिसमा सर्ने एक प्रकारको कम सरुवा धेरै पुरानो रोग हो । यो रोग माइको ब्याक्टेरीयम लेप्रे नामक जिवाणु बाट लाग्दछ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ भन्ने मुल नाराका साथ यो बर्ष ७०औ विश्व कुष्ठरोग दिवश बिभिन्ना कार्यक्रमका साथ मनाइदैछ ।

यो एक विश्वभर कुष्ठ प्रभावित मानिसहरुको आवाज उठाउने अवसर हो । यस बर्षको नाराले कुष्ठ रोगलाइ प्राथामिकतामा राखेर अहिले बाट पहल गरे कुष्ठरोग उन्मुलन सम्भव छ भन्ने कुरा सन्देश दिना खोजिएको छ ।विस्व कुष्ठरोग दिवश विश्वका प्रशिद्ध मानवताबादी रावल फोलेरीयो ले कुष्ठरोगको समयमा निदान, उपचार गरी निवारण गर्ने,जनचेतनाको माध्यमबाट कुष्ठरोग नियण्त्रण र न्यूनिकरण गर्ने तथा कुष्ठ प्रभावितहरु प्रतिको भेदभावलाई हटाउने उदेश्यले १९५४ देखि मनाउना शुरु गरीएको एक अभियान हो । यो दिवश हरेक बर्ष जनवरीको अन्तिम आइतबार मनाइन्छ । यो बर्ष माघ १५ गते परेको छ । कुष्ठ रोग ढिला गरी लाग्ने बिस्तारै निको हुने रोग हो ।

कुष्ठरोग ढिला गरी लाग्ने बिस्तारै निको हुने रोग हो । यसका शंकास्पद चिन्ह लक्षणहरु?

शरीरमा छुदा थाहा नहुने खालका रातो फुस्रो दाग वा दागहरु हुनु ,अनुहार वा शरीरका अन्य भागहरुमा नदुख्ने खालका दागहरु देखा पर्नु,अनुहारर कानको लोति बाक्लो वा चम्किलो हुनु ,नशा झमझम गर्नु ,दुख्र्नु वा सुन्निनु,आँखाको ढकनि बन्द भैरहनु वा नहुनु । आँखिभौ झर्नु वा पातलो हुनु । हत्केलाको मांसपेसि सुकेर जानु । हातगोडाका औलाहरु बाडगिनु वा कमजोर हुनु ।

हातगोडा पोल्नु निदाए झै हुनु वा झमझम गनु जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जचाएर निशुल्क उपचार लिएमा यो रोग निको हुन्छ तर निदान तथा उपचारमा आउना ढिला भएमा अंगभंग हुना सक्छ । ख्याल गर्नु पर्ने कुरा यो छ कि उपचारमा आउना अगाडि हराएको स्पर्श शत्ति वा अंगभंग पहिलाकै अबस्थामा नआउना सक्छ । औषधि खादै गरेको वा पुरा गरीसकेको ब्यत्तिबाट यो रोग सर्दैन ।

यो रोगको सराई अवधि २देखि ५ बर्ष वा सो भन्दा बढि भएकोले बाबु बाजे वा नजिकको परीवारहरुबाट धेरै बर्ष पछि नयाँ सदस्यलाई देखिइरहेकोले बंशानुगत जस्तो देखिएता पनि बशानुगत होइना ।हुनात यो रोग २०६६ सालमै राष्टिय स्तरमा निवारण घोषना भैसकेको हो तर त्यो राष्टिय स्तरमा थियो र अहिले पनि कायमै छ । प्रदेश वा जिल्ला स्तरमा भने अझै पनि यसको प्रकोप दर धेरै नै छ ।

निबारण गर्नु भनेको प्रति दश हजार जनसख्यामा नया बिरामि एक भन्दा कम हुनु हो । लुम्बिनी प्रदेशमा गएको आर्थिक बर्षमा १.१२ प्रकोप दर रहेको छ भने प्रदेशका बाँके,बर्दिया,रुपन्देहि। ,कपिलबस्तु र नवलपरासि जिल्लाहरुबाट धेरै नयाँ बिरामिहरु प्रतिवेदन भैरहेका छन । सामाजमा अझै पनि यो रोग सम्बन्धि भेदभाव र गलत धारणाहरु कायमै छन । तालिम प्राप्त अनुभवि जनशत्तिको अभाव हुदैछ । हरेक जिल्लाहरुमा जटिलता ब्यबस्थापनका लागि प्रेशन केन्द्धहरुको खाँचो छ ।

विश्व कुष्ठरोग दिवशमा हामि के गर्ना सक्छौ त ?

प्रतेक्ष वा अनलाइन मार्फत चेतना,न्याय तथा सम्कोधनको लागि आवाज उठाउना सक्छौ । कुण्ठरोग सम्बन्धि सहि सुचना प्रचार प्रशार गरीदिना सक्छौ,कुण्ठ रोगका बिरामि तथा कुण्ठ प्रभावितको उपचार तथा पुन स्थापनाको लागि आर्थिक सहयोग गर्ना सक्छौ । संकास्पद चिन्ह लक्षणको बारेमा छलफल गरी नजिकको स्वास्थ्य सस्थामा पठाउना सक्छौ र उपचार गरीरहेको ब्यत्तिहरु भेट भएमा उचार पुरा गर्ना उत्साहा दिना सक्छौ ।

निर्मला बि एम
एन टि डि कोर्डिनेटर
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश

सम्बन्धित शिर्षक :