स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो ।

तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई आग्रह समेत गर्नु भयो ।

खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको ज्ञाबलीले बताउनु भयो। स्वास्थ्यकर्मिले नियमित खोप लगाउनुपर्ने भएकोले बिभिन्न पालिकाका र प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी लाई तालिम दिएको बताउनु भयो।

प्रशिक्षक एबं कार्यक्रमका अध्यक्ष स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा ले तालिममा सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराएको बताउनु भयो।

उहाले नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम खोप रहेको बताउनु भयो। अधिकृत शर्माले स्वास्थ्यकर्मीहरुलाई नयाँ नयाँ तालिम समेत दिदै आएको बताउनु भयो।

अर्का जिल्ला स्वास्थ्य कार्यलयका अर्काे खोप अधिकृत देबेन्द्र गुरुडले बोल्दै ४ दिनको तालिममा सिकेका कुरा लागुगर्न आग्रह गर्नु भयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका कोल्ड चेन निरीक्षक शुरेन्द्र सुरेन्द्र दुबेदी धमैली स्वास्थ्यचौकी प्रमुख नन्दाराम पौडेल र तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले खोपको बेसिक तालिम लिएपछि आफुहरुलाई सेवा दिन सहज भएको बताउनु भएको थियो।

सम्बन्धित शिर्षक :