लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

नखुल्दा निवारणमा समस्या

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु रहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १२१, नवलपरासी पश्च्मिमा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७र७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले बताए ।

सातै प्रदेश मध्ये सबै भन्दा बढी कुष्ठरोगीहरु मधेश प्रदेशमा र सबै भन्दा कम बाग्मती प्रदेशमा विरामी रहेका छन् । मधेश प्रदेशसभामा प्रति १० हजारमा १/४१ दर रहेको छ भने बाग्मती प्रदेशमा ०/१७ प्रतिशत रहको छ । लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सकृय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतनामूलक कार्यक्रम, अपाङ्गता रोकथाम लगायतका कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताए ।

अन्तरक्रिया कार्यक्रममा एसियन प्रोग्रामकी निर्मला बुढा, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा पुष्पराज पौडेल, स्वास्थ्य निर्देशनालका कुष्ठरोग फोकलप्रर्शन राम प्रसाद भटट्राई नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का स्वास्थ्य निर्देशनालयका ,परिवार नियोजन अधिकारी कौसल भन्डारी लगायतले सबैको साथ र सहयोगबाट कुष्ठरोगलाई निराकरण गर्न सकिने बताएका थिए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले ७० औँ कुष्ठरोगको अवसरमा आइतबार बुटवलमा सचेतनामूलक र्याली समेत गर्ने प्रशासक चौधरीले बताए ।

सम्बन्धित शिर्षक :