शुद्धोधनमा सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका भालुबाङ दाङको आयोजनामा र शुद्धोधन गाउँपालिका कार्यालयको सहयोगमा सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय राप्तीका मेडिकल अधिकृत डा.अरुण खरेलले सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि सहजीकरण गर्नु भएको थियो।सहजीकरण कै क्रममा सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गरिएको थियो।यो रोग नेपालमा बढी विकृति तराई भागमा पाइएको छ।

जसमध्येदाङ,बर्दिया,कैलाली,कंचनपुर,कपिलवस्तु,नवलपरासी,बाँके ,र रुपन्देही जिल्लाहरूमा देखिएको छ।भने थालासेमिया रोग नेपालीको सबै भागहरुमा देखिएको डा,खरेलले बताउनुभयो।यो रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबा बन्नु भन्दा यस्को स्कृनिड गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

यो रोग जिनमा हुने खराबीले गर्दा हुने भएक कारण यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने र सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने र शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो।

शुद्धोधन गाउँपालिका ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधिहरु र गाउँपालिकाका सबै स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालक शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :