लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर घटाउन स्थानीय तहमा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन र नर्स पठाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको छ । लुम्बिनी प्रदेशको नवगठित सरकारको पहिलो क्याविनेट बैठकवाट प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको हो । प्रदेशका १२ जिल्लामा ३ सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन रहेका छन । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराएपछि अस्पतालका पहुचबाट टाढा भएका महिलाहरुको लागी सहज हुने छ । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन कोमाध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा…

कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

स्वास्थ्यसमाचार / कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो। कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ। खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन…

रुपन्देही जिल्लामा एक हप्ते‘नेपाल मास्क अभियान’ सम्पन्न

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरीकार्यलयको सहयोगमा रुपन्देहीका बिभिन्न ठाउमा माक्स बितरण गर्नुका साथै जिल्लाका सरकारी कार्यलयमा कोरोना एन्टिजेनवाट परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एक साताका लागी मास्क अभियान सञ्चालन गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा पनि यो अभियान संञ्चालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ रुपन्देहीमा पनि यो अभियान साउन २४ गते देखी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । अभियान अन्र्तगत साउन २४…

कोरोना संक्रमण बढेपछि अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । बिहीबार सचिवस्तरीय बैठकले सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न समेत भनेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको तथा अस्पतालमा पनि बेडहरु भरिँदै गएकाले तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृत गर्नुपर्ने अवस्था आएको बताएको छ । प्रथम र दोस्रो लहरमा कोरोना संक्रमण केही कम हुँदा कोरोना संक्रमितको…

पूर्वमन्त्री कल्पना पाण्डे १९ दिनपछि डिस्चार्ज, स्वास्थ्यमा सुधार हुदैँ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको निवर्तमान उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छन। साउन १० गते देखि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार डिस्चार्ज अस्पतालले जनाएको छ । पूर्वमन्त्री पाण्डे नशा सम्बन्धी रोग गियान ब्यारे सिन्ड्रम (जिविएस) बाट संक्रमित भएकी थिईन । गत साउन ९ गते मन्त्रालयको कार्यक्रममा सहभागी भएर घर फर्किदा खुट्टा झम्झमाउने र मुटु दुख्ने समस्या देखिएपछि पूर्व मन्त्री पाण्डेलाई भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । भिम अस्पतालमा सामान्य उपचारपछि बुटवल स्थित गौतमबुद्ध मुटु अस्पतालमा पनि उपचार सम्भव नभएपछि…

लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीलाई २ लाख सहयोग गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको नयाँ गठित मन्त्रीपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश नं. ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए…

काँग्रेस बुटबल उपमहानगर द्वारा खयरघारी बस्तीमा मास्क वितरण

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिका वडा नं ६ को खयरघारी बस्तीमा नेपाली काँग्रेसले मास्क वितरण गरेको छ । कोरोना भाईरस संक्रम रोकथाम तथा नियन्त्रणको लागि सरकारले राष्ट्रिय मास्क अभियान सञ्चालन सञ्चालन गरिरहँदा नेपाली काँग्रेस बुटवल ६ वडा समितिले वडाको (सुन्दरनगर) खयरघारी बस्तीमा मास्क वितरण गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोनाबाट बच्नको लागि बसैलाई मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरे । । वडाकी कार्यवाहक सभापति कृष्णकला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल…

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरका सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाई ती सामग्री हस्तान्तरण गरेको हो । अष्टे«लियन एडको सहयोगमा आड्राले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लोब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरिएको हो । सो संस्थाका धर्म रोकायले महामारीको समयमा संस्थाले स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए ।आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै…

रुपन्देहीका नर्सिङ कलेजलाई नयाँ विद्यार्थी भर्ना लिन मापदन्ड पुगेन

स्वास्थ्यसमाचार /रुपन्देहीमा संञ्चालित ९ बटा नर्सिङ कलेजले यो शैक्षिक सत्रबाट नयाँ विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको बाध्यकारी व्यवस्थाका कारण रुपन्देहीमा ९ सहित नेपालमा एक सयभन्दा धेरै नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन् । बुटबलमा संञ्चालन भएको संञ्जीबनीे नर्सिङको कक्षा चलाउन थालेको १९ वर्ष भयो । उसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको सम्बन्धनमा प्रवीणता प्रमाणपत्र तह र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको छ । तर कलेजसँग आफ्नै अस्पताल छैन । जसका कारण उसले अब यी…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल हटाईए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ । आज बसको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मेसु खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने  निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले डा खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सारिएको जानकारी दिए ।गत केहि दिन अघि बाटै एमालेका नेता तथा स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालका मेसु लाई हटाउन प्रदेश सरकारलाई शिफारीस गरेका थिए । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लुम्बिनी प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने सिफारीस मन्त्रालयबाट नगएको मन्त्रालयलले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत संञय…