सिमानाका बेलहियामा मनोपरामर्श सहित एचआईभी परिक्षण

स्वास्थ्यसमाचार/ सिमानाका बेलहियामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिएको छ।रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय रहेको कारण सिमामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिदै आएको हो।

रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ । जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ ।

नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने कुरा विरलै मात्रा थाहा छ । तर सिमा नाका नजिकै एड्स हेल्थकेयर फाउन्डेसन नेपाल (एएचएफ, नेपाल) ले मनोपरार्स सहितको तालिम प्राप्त व्याक्ति नै खटाएर यसरी एच आईभी परिक्षण गर्दै आएको छ ।

जसको लागि तालिम प्राप्त १ जना जनशक्ती सिमा नाका खटिएका हुन्छ । उनले जोखिमयुक्त यौन व्यवहार भए नभएको कुरा भारतबाट फर्कने नेपालीहरूलाई सोध्छन। उनीहरूको ईच्छा अनुसार यदी जोखिमयुक्त यौन क्रियाकलाप भएको भएमा परिक्षण समेत गर्दछन ।

जसको लागि निःशुल्क रूपमा पहिलो चरणको प्रारम्भीक परिक्षण गरिन्छ । अन्तम फाईनल एचआईभी हो या होईन भन्ने विषयमा भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवा मा रहेको प्रयोगशालाबाट मात्रै थाहा हुन्छ ।

ए.एच.एफ नेपाल लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्राईका अनुसार सन् २००१८ देखि यसरी सीमा नाकामा एचआईभीको परिक्षण सुरुवात गरिएको हो । जसमा प्रति १०० जनामा परिक्षण गर्दा १ जनामा पोजिटिभ देखिने गरेको छ ।

यसरी सीमा नाकामा नै परिक्षण गरेर एचआईभी संक्रमित भएको थाहा भएका संक्रमितहरूको संख्या १२ जना भन्दा बढि छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यसरी सिमा नाकामा खटिने प्राविधिक जनशक्तिका लागि तालिम समेत प्रदान गर्दै आएको छ ।

रूपन्देही जिल्ला हाल १७ सय भन्दा बढि एचआईभी संक्रमितहरू रहेको तथ्याक रहेको छ। जसमा १५ सय २५ जना एचआईभी संक्रमितहरूले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट नियमित रूपमा औषधी सेवन गरिरहेका छन् भने भैरहवामा रहेका भिम अस्पतालबाट २०० भन्दा बढिले नियमित रूपमा औषधी सेव गरिरहेको ए.एच.एफ नेपालका लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्राइले बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापाले एचआईभी भएका व्याक्तिहरूको लागि समाजमा पुर्नस्थापना गर्नको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाले समाजमा अहिले पनि एचआईभी लागेको व्याक्तिलाई नराम्रो दृष्टिकोणबाट हेर्ने गरेको भन्दै डा थापाले एचआईभी संक्रमित बाट अन्य व्याक्तिमा एचआईभी नसर्ने र समाजमा सहज रूपमा जिविको पार्जन सहित बाच्ने वातवरण निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने वताउनु भयो ।

सीमा नाकामा परिक्षण बाट यसले समाजमा एचआईभी फैलिन दिनबाट नियन्त्रणका लागि समेत सहयोग गरेको थापाले बताउनु भयो।

जिल्ला स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले पछिल्लो समयमा संक्रमित व्याक्तिको कोर एरिया भित्र परिक्षण गरी सोही अनुसार अन्य व्याक्तिहरूलाई एचआईभी संक्रमित हुन बाट जोगाउनको लागि समुदाय केन्द्रीत, कोर एरिया केन्द्रीत परिक्षण समेत हुने गरेको वताउनु भयो।

संक्रमित व्याक्तिहरूका लागि बेला बेलामा तालिम आय आर्जनका लागि व्यवसायिक तालिम समेत आयोजना गर्दै आएको ढकालको भनाई छ ।

स्वाथ्य कार्यालय रूपन्देहीले निःशुल्क रूपमा परिवार नियोजनको अस्थायी साधन (कण्डम) लगायतका एचआईभी संक्रमितहरूको लागि आवश्यक पर्ने साधानहरू निःशुल्क रूपमा वितरण गर्दै आएको छ ।

एचआईभी भएका व्याक्तिहरूको लागि माक्स, ग्लाव्स, कण्डम लगायतका उपकरण चाहिएमा जति मात्रमा पनि स्वाथ्य कार्यालय मा उपलब्ध भएको एचआईभी/टिबी कार्यक्रम फोकल पर्सन हिमाल खनालको भनाई छ ।

हाल नेपालमा एचआईभी एड्स संक्रमितको संख्या २९ हजार ५ सय ३ छ । जसमध्ये १७ हजार ५ सय ८७ पुरुष तथा ११ हजार ९ सय १६ जना महिला छन् ।

पहिचान भएका मध्ये करिव ८० प्रतिशतमा असुरक्षित यौन सम्पर्कबाट संक्रमण भएको केन्द्रले जनाएको छ । त्यस्तै सुईबाट लागुपदार्थ सेवन गर्ने तथा पुरुष समलिङ्गी समुहमा संक्रमणदर उच्च रहेको पाइएको छ ।

एचआइभी नियन्त्रणका लागि हाल ८० वटा एआरटी केन्द्र बाट औषधी वितरण भईरहेका केन्द्रले जनाएको छ । सन् २०३० सम्ममा एड्स नियन्त्रण गर्ने सरकारी लक्ष्य छ ।

 

सम्बन्धित शिर्षक :