रुपन्देहीमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यक्रम सुरु

स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा सैनामैना नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ।

खोप अधिकृत भेषराज शर्माको अध्यक्षता चिन्तामणी ज्ञाबलीको संञ्चालन र देबेन्द्र गुरुडको स्वागतमा सुभारम्भ कार्यक्रममा वोल्दै खोप अधिकृत भेषराज शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ पालिमा कस्तो छ अबस्था र खोपको बारेमा सुर्धानु पर्ने बारे ३ दिन सम्म छलफल गरि कार्ययोजना बनाउने बताउनु भयो।

खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउनु भयो। उहाले खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको बताउनु भयो। अर्काे खोप अधिकृत चिन्तामणि ज्ञाबलीले यो कार्यक्रम आर्थिक बर्षको सुरुमा राख्नुपर्ने भएपनि केन्द्रको निति र कार्यक्रमको कारण ढिलाई भएको बताउनु भयो ।

ढिला भएपनि राम्रो र प्रभाबकारी तरिकाले योजना बनाई आगामि बर्षको लागी खोपको क्षेत्रमा सहज हुने बताउनु भयो। अर्काे खोप अधिकृत देबेन्द्र गुरुडले खोप सबैभन्दा महत्वपुण पाटो भएकोले योजना बनाउने र कार्यन्यनको क्षेत्रमा संबेदनशिल भई लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका कोल्ड चेन निरीक्षक शुरेन्द्र द्धबेदी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :