नेपाल फार्मेसी संघको अध्यक्षमा किरण ढकाल निर्विरोध निर्वाचित

स्वास्थ समाचार ।नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ बर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।

जस्को उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी, रामचन्द्र कोईराला रहनुभएको छ।

संघका अध्यक्ष अमृत खनालको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा. लिला गिरी ज्यूको प्रमुख आतित्यथा, स्वास्थ्य मन्त्रालयका वरिष्ट फ़ार्मेसी व्यवस्थापक तथा औषधी व्यवस्था विभागका पुर्व महानिर्देशक नारायण ढकालको विशिष्ट आतित्यथा, वरिष्ठ फार्मासिष्ट बाबूराम हुमागाई, वरिष्ठ फार्मासिष्ट विवेक सिङ महत, औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, लिष्ट कलेजका निर्देशक बसन्तराज खनाल, मायादेवि कलेजका निर्देशक चिरञ्जीवी जोशी, क्रिमशन अस्पतालका संचालक सुरज भट्टराई, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

उपाध्यक्ष किरण ढकालको स्वागत र युवराज भूषालको संचालनमा सम्पन्न महाधिवेशनले फार्मेसी सेवा पुर्याएको योगदानको कदर गर्दै औषधी व्यवस्था विभागका पुर्व महानिर्देशक तथा वरिष्ठ फार्मासिष्ट नारायण ढकाल, वरिष्ठ फार्मासिष्ट बाबूराम हुमागाई र वरिष्ठ फार्मासिष्ट विवेक सिङ महतलाई सम्मान गरेको थियो  ।

 

सम्बन्धित शिर्षक :