गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त

स्वास्थ्यसमाचार /डा उत्तम पाच्य को काज  बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले डा. जिसीलाई जिल्ला अस्पताल गूल्मीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

जिसी ९ औं तहका फिजिसियन डाक्टर हुन् । हाल उनी अर्घाखाची जिल्ला अस्पतालका कार्यरत रहेका छन। डा उत्तम सरुवा भएपछि अस्पतालका कर्मचारीले बिगत २ महिना देखी तलब खाननपाएको बताईएको छ।

सम्बन्धित शिर्षक :