स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै फर्किन्छु: डा चन्द्र भन्डारी

स्वास्थ्यसमाचार/ भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ।

सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन।

हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उहाँले छिट्टै नै स्वदेश फर्किने पनि बताउनुभएको छ।

https://fb.watch/jUTrAECP4j/

सम्बन्धित शिर्षक :