स्वास्थ्यकर्मी संघद्धारा स्वागत बधाई तथा शुभकामना आदान प्रदान

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुनुभएका डाक्टरहरु लाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ।

नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आयोजनामा स्वागत बधाई तथा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो।

नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल ईकाई कमिटीका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले अस्पतालमा देखीने गरि काम गर्ने बताउनु भएको छ।

अस्पतालमा काम नभएको होईन धेरै काम भएका छन तर बाहिर नदेखीकोमात्रै रहेकोले अब देखीने अघि काम अघि बढाउने बताउनु भयो। उहाले अस्पताल मा कर्मचारी दैनीक खटेर सेवा दिएको भएपनि ब्यबस्थापन पक्षमा केही कमजोरी भएकोले कहाँ कसरी कमजोरी भएकोहो त्यो पत्ता लगाएर अघि बढने बताउनु भयो।

अस्पतालमा कार्यरत कर्मचारीको भाबना अनुसार काम गर्ने बताउदै सबैको सहयोग आबश्यक रहेको बताउनु भयो। बिमा ल्याब र ईएचएस का सेवालाई नयाँ तरिकाले  सुधार गर्ने तर्फ लाग्ने बताउनु भयो।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष राम प्रसाद भट्राईले वोल्दै डा थापा अस्पतालको नेतृत्वमा आएपछि अब अस्पतालमा स्वास्थ्यक्षेत्रका समस्या समाधान हुने बताउनु भयो। आफनो संगठन सधै बिरामीको हित र स्वास्थ्यकर्मिको स्वास्थ्य सेवा र समस्या प्रति सजग रहने बताउनु भयो।

नेपाल स्वास्थ्यकर्मी संघका लुम्बिनी प्रदेश संयोजक नमनारायण बेलवासेले अस्पतामा पहिले देखी कार्यरत रहनु भएको र अहिले भुमीका मात्र फरक भएकोले अस्पताल सुधारहुने बताउनु भयो । उहाले कोरोनाकालमा पनि अब्बल देखीनु भएका डा अब अस्पतालमा सबै बिरामीलाई सहज सेवा पाउने गरि अस्पतालले सुधार तर्फ जाने बताउनु भयो।

नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपमहा सचिब नेत्र बहादुर रानाले स्वास्थ्यकर्मीको सेवा सुबिधा र समस्या प्रति सधै साथ र सहयोग रहने बताउनु भयो। उहाले अस्पतालको अबस्था थाह भएकोले का मगर्न समस्या नहुने बताउनु भयो।

कार्यक्रमका अध्यक्ष भिम ज्ञाबलीले बोल्दै नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा पहिले देखी काममा अब्बल रहनु भएको बताउनु भयो । जहा बस्नु भयो त्यस अस्पताललाई नमुना बनाउनु भयो अब लुम्बिनी प्रादेशिक अस्पतालाई पनि त्यस्तै तरिकाले लैजानेमा आफुहरु बिस्स्वस्त रहेको बताउनु भयो। उहाले आफुहरु सधै सहयोगको लागी तयार रहेको बताउनु भयो।

कार्यक्रममा डा बिष्नु गौतम, डा सुरेश थापा डा बिबि राउत प्रशासन प्रमुख राजन केसी लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति सदस्य चिरञ्जीबि घिमिरे ,नेपाल नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य हिमाल खनाल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य डिलेश्वर श्रेष्ठ नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला सचिब घनलाल अर्याल, नेपाल निजामति कर्मचारी युनियन लुम्बिनी प्रादेशिक अस्पताल ईकाई अध्यक्ष दयासागर पन्थी लगाएत रहनु भएको थियो।

????????????????????????????????????

कार्यक्रमको स्वागत लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको स्वागत र सचिब शिब कुबरको संञ्चालनमा भएको थियो।

 

सम्बन्धित शिर्षक :