नेपालमा ७ हजार ८ सय ५८ पुगे अस्पताल तथा स्वास्थ्य संस्था

स्वास्थ्यसमाचार/ आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांक अनुसार गत फागुण मसान्त सम्म मुलुकभर अस्पताल तथा स्वास्थ्य संस्था हरुको संख्या ७ हजार ८ सय अन्ठाउन्न पुगेको छ।

२०७९ असार मसान्त ७ हजार ५ सय अन्ठानब्बे रहेकोमा २०७९ फागुण मसान्त सम्म २६० स्वास्थ्य संस्था थपिएर ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो।

जसमा अस्पताल २ सय १५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, आयुर्वेद औषधालय ४ सय २६ तथा उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हजार १ सय ९६ गरी कुल ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो।

२०७५ मा यो संख्या अस्पताल १ सय २३, प्राथमिक स्वास्थ्य केन्द्र २ सय ३, स्वास्थ्य चौकी ३ हजार ८ सय ३, आयुर्वेद औषधालय ३ सय ४८ सहित ४ हजार ५ सय १३ रहेको थियो भने उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु थिएनन्।

यो तथ्यांकले पछिल्लो समय अस्पताहरुको संख्या बढेको र स्थानिय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु उल्लेख्य थपिएको देखिन्छ।त्यसैगरी २०७५ मा ८ हजार १ सय ७२ शैय्या रहेकोमा २०७९ फगुन सम्म आइपुग्दा १६ हजार १५ शैय्या पुगेको छ।

सम्बन्धित शिर्षक :