स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्व ९९ करोड रुपैयाँ

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा उनले उनले स्वास्थ्यमा एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको सुनाए ।

विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि सहुलियत प्रदान गर्न २ अर्व ५० करोड रुपैयाँ, ९८ प्रकारका औषधि निशुल्क उपलव्ध गराउन १ अर्व २८ करोड रुपेयाँ छुट्याएको छ ।

यस्तै टेकुस्थित सरुवा रोग अस्पताल र प्रदेश तहमा स्थापना हुँदै गरेका सरुवा रोग अस्पताल निर्माणका लागि ४६ करोड रुपैयाँ छुट्याएको बताए ।

यस्तै ३२२ वटा स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ बेडका अस्पतालका लागि ८ अर्व, स्वास्थ्य उपकरणका लागि ८२ करोड रुपैयाँ छुट्याएको बताए ।

उनले क्यान्सर, मिर्गौला जस्ता जटिल रोग लागेका विपन्न नागरिकलाई दिईदै आएको मासिक ५ हजार औषधि खर्चलाई निरन्तरा दिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्व

 

सम्बन्धित शिर्षक :