सरकारले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

स्वास्थ्यसमाचार/ सरकारले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए।।

नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । धेरै औषधिमा प्रयोग हुने भएकाले गाँजालाई खुल्ला गर्नुपर्ने माग उठ्ने गरेको छ । केहीले गाँजा खुल्ला गर्ने कुराको विरोध गर्ने गरेका छन्। यसैबीच सरकारले बजेटमै गाँला खेतीको विषय उल्लेख गरेको हो।

 

सम्बन्धित शिर्षक :