बुटवलमा नगरप्रमुखको संयोजकत्वमा महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन

स्वास्थ्यसमाचार/ रुपन्देही स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन गरेको छ समितिको संयोजक  नगर प्रमुख खेलराज पाण्डेय र सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी स्थानीय तह स्थित अस्पत्ताल प्रमुख डा.राजेन्द्र बस्याल विपद ब्यबस्थापन शाखा प्रमुख योगेस चापागाई र सदस्य सचिव– स्वास्थ्य शाखा प्रमुख युबराज पाण्डे रहनु भएको छ।

त्यस्तै बुटवल उपमहानगरपालिकामा द्रुत प्रतिकार्य टोलि गठन गरेको छ जसको संयोजक स्थानीय स्वास्थ्य शाखा प्रमुख युबराज पाण्डे सदस्य  मेडिकल अधिकृत डा. स्माइल खरेल सदस्य जन स्वास्थ्य निरीक्षक कल्पना भुसाल पाण्डे सदस्य  स्थानीय स्वास्थ्य शाखाको तथ्यांक हेर्ने फोकल व्यक्ति मिन प्रसाद खनाल सदस्य – पब्लिक हेल्थ नर्स अ. न. मि. प्रज्ञा भट्टराइ रहनु भएको छ ।

भने  सदस्य हे.अ.÷सि अ.हे.व. बिनोद भुर्तेलसदस्य  स्थानीय स्वास्थ्य सस्थाको प्रमुख देबेन्द्र गिरि सदस्य  ल्याब स्वास्थ्यकर्मी रुबी भण्डारी सदस्य  लुम्बिनी प्रादेशिक अस्पत्ताल प्रतिनिधि भिम ज्ञवाली सदस्य  आई टि.शाखा प्रमुख रोशन रेग्मी सदस्य  सहयोगी सस्था प्रतिनिधि , इन्द्रेणी ग्रामिण बिकास केन्द्र ,बुटवल २ , श्री किरण श्रेष्ठ . सदस्य – जिन्सी शाखा प्रमुख केशब ज्ञवाली सदस्य  इन्जिनियर गोबिन्द पंगेनी रहनु भएको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोली गठन कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा बुटवलका वडा अध्यक्षहरू,बुटवल उपमहानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरू, बुटवल क्षेत्र भित्र रहेका लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल ईन्द्रेणी ग्रामिण बिकास परिषद स्वास्थ्यकर्मीहरू लगायतको सहभागिता रहेको डब्लु एचओका डा बिशाल झा डा नोना प्रधानले सहभागीहरुलाई अभिमुखीकरण गर्नु भएको थियो।

कार्यक्रमको समापन गर्दे बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले दुई वर्ष कोरोना महामारी आएको स्मरण गर्दै यस्ता महामारी नियन्त्रणका लागि काम गर्न यो कार्यक्रम प्रभाबकारी हुने बताउनु भयो।प्रारम्भिक हिसाबले छलफल गर्दै टोली गठन गरेको यो टोलीले स्थानीय तहको अधिकार भित्रको विषयलाई प्रयोग गर्दै हरेक किसिमबाट बुटवल अब्बल बनाउने प्रयास स्वरूप द्रुत प्रतिकार्य टोली गठन भएको बताउनु भयो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनाल वडा अध्यक्षहरु स्वास्थ्य शाखा प्रमुख युबराज पान्डे लगायले बोल्दै महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य समितिको महत्वपुर्ण भुमिका रहने बताउनु भयो।

 

सम्बन्धित शिर्षक :