लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माएकि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिारी डा गौतमले बताए। बच्चाको तौल ४ केजी रहेको छ । यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया…

सुगर प्रेसर,कोलिष्ट्रोलको औषधी खाने मैले कोरोना यसरी जिते :डा कृष्ण खनाल

म पेसाले चिकित्सक हो २०७७ साल श्रावण २५,२६ गते बुटबलको एक अस्पतालमा एकजना बिमारी हेरेको थिए । उनको पिसीआर पोजेटिभ भन्ने थाहा पाएपछि ३० गते आफ्नो पिसीआर गराए र ३२ गते पोजेटिभ आयो भन्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालवाट फोन खबर आयो। हुनत आफुलाइ २६ गते देखि self isolation  बसेको थिए।मलाई टण्सिल बढेको ,घाँटी सुख्खा भएको र निल्दा घाटि दुख्नु सुरुभयो। सिटामोल को असर छँदासम्म दुखाइ र ज्वरो कम पछि पुन ज्वरो आउने क्रम जारी रह्यो ।अब ज्वरो १०० देखी १०१ को बिचमा नाडी १२०र ,भाद्र ३ गते…

कोभिड-१९ : नेपालका लागी थप चूनौतीपूर्ण बन्दै !

“नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरुमध्ये करिब एक-तिहाइ (३२%)मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकीमा कोरोना परीक्षण पोजेटिभ देखिएता पनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ “ *********************************** सन् २०१९ को डिसेम्वर अन्त्यतिर चीनको हुआवे प्रान्तको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । यो रोग बिस्तारै चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण पहिचान हुन सकेन र उपचार गर्दा सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो  यो रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै…

भिम अस्पताल भैरहवामा ५ वेडको आईसियु संचालन

स्वास्थ्यसमाचार/  कोरोना संक्रमितको उपचार गर्ने डेडिगेटेड अस्पताल रुपन्देहीको भिम अस्पतालमा आइसीयू संचालन भएको छ । अस्पतालमा जनशक्तिको अभावमा आइसीयू संचालन हुन सकेको थिएन । भिम असपतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले आईसियु संचालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि सोमवारदेखि आइएसियु संचालन भएको जानकारी दिए। अस्पतालमा ५ वेडको आईसियु संचालनमा आएको हो । संक्रमितहरुको उपचारको लागि २२ आईसोलेशन वेड पनि तयार भईसकेको छ । आई सियुममा ५ जना विरामी भर्ना भएका छन भने आईसोलेशन वेड पनि भरिएको डा प्रजापतिले जानकारी दिए ।यसैविच सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार…

स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले सुरु गर्‍यो प्लाज्मा बैंक अभियान

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको अभियान सुरु गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयनमा कपिलवस्तु अस्पताल तौलिहवामा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा उक्त अभियान सुरु भएको हो। अभियानमा संक्रमण मुक्त भएका व्यक्तिहरुबाट अस्पतालका कर्मचारीहरुले प्लाज्मा थेरापीको लागि लागि १७ पिन्ट रगत संकलन भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलीले वताए । कोभिड उपचारमा सहज बनाउने उद्देश्यले उक्त अभियान सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश संयोजक डा प्रशान्त आचार्य ले बताए । उक्त रगत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको…

बुटबलका सर्जिकल पसलहरुमा कालोबजारी मुल्य भन्दा ५ गुणा बढी शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका सर्जिकल पसलहरुमा आइतवार अनुगमन गरिएको छ । कोरोना महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको हो । औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको हो । उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा सर्जिकल सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरिएको पाइएको थियो । अनुगमन समितिले बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरेको थियो । त्यस्तै केहि औषधी…

रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो, १सय ३८ संक्रमित निको भएको दावी

स्वास्थ्यसमाचार /भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका…

भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने

स्वास्थ्यसमाचार / रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म लम्ब्याइएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हो । नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

एन्फा आइसोलेसन संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्री सहयोग

स्वास्थ्यसमाचार /बुटवल स्थीत एन्फा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्रीहरु विभिन्न ब्यक्तित्वहरु तथा सामाजीक सस्थाहरुले सहयोग गरेका छन ।आइसोलेसन केन्द्रमा योग शिक्षा प्रदान गर्दै आएका विष्णुहरि आचार्य योगीराज ले पछिल्ला दिनहरुमा विभिन्न निकायबाट सहयोग जुट्दै गएको बताउछन । आचार्यले कोरोना संक्रमितको मनोवल बढाउन योग अभियानलाई निकै महत्व दिएका छन । पछिल्ला दिनहरुमा योगसहितका कार्यक्रमलाई स्थानिय तहहरुले पनि महत्वका साथ लिएका छन । कोरोना संक्रमित राखिएको बुटवलको एन्फा आइसोलेसन केन्द्रमा कोरोना संक्रमित भएर केन्द्रमा पुगेका नेकपाका स्थानिय नेता समेत रहेका दीपक पन्थीले पनि सामान जुटाउन समन्वय गरेका थिए ।…

प्रदेश ५ सामाजीक मन्त्रालयमा सचिब फेरीए: नयाँ सचिव माहादेव पन्त

स्वास्थ्यसमाचार /प्रदेश ५ सामाजीक बिकास मन्त्रालयमा नयाँ सचिब आउने भएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रदेश ५ सामाजीक बिकास मन्त्रालयको सचिब भएर आएका हुन । हालका सचिब डा गोपिकृष्ण खनाल संंघिय मामिला तथा शामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो । प्रदेशमा अन्य बन कृषि मुख्यमन्त्री को कार्यलय लगायतका सहसचिबको समेत सरुवा भएको छ ।