स्वास्थ्यसमाचार /रुपन्देही स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवल उपमहानगरपालिकामा अभिमुखीकरण सुरु भएको छ।
बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोली गठन कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले दुई वर्ष कोरोना महामारी आएको स्मरण गर्दै यस्ता महामारी नियन्त्रणका लागि काम गर्न यो कार्यक्रम सुरु भएको वताउनु भयो।
प्रारम्भिक हिसाबले छलफल गर्दै टोली गठन गर्ने बताउँदै नगर प्रवक्ता समेत रहेका रानाले स्थानीय तहको अधिकार भित्रको विषयलाई प्रयोग गर्दै हरेक किसिमबाट बुटवल अब्बल बनाउने प्रयास स्वरूप द्रुत प्रतिकार्य टोली गठन गरिने वताउनु भयो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले यो कार्यले स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन हुने अपेक्षा गरिएको वताउनु भयो।
स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले द्रुत प्रतिकार्य टोलीका काम, कर्तव्य र अधिकार तथा यसको संरचनाको बारेमा जानकारी गराउनु भएको थियो।
उहाका अनुसार टोलीले बिपद तथा महामारी र अन्य विभिन्न अफवाहहरूको बारेमा अध्ययन गर्दै बुटवललाई स्वास्थ्य क्षेत्रमा पूर्व तयार भएर बस्न सक्ने बनाउने गरी काम गर्नेछ।
कार्यक्रममा बुटवलका वडा अध्यक्षहरू,बुटवल उपमहानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरू, बुटवल क्षेत्र भित्र रहेका लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल ईन्द्रेणी ग्रामिण बिकास परिषद स्वास्थ्यकर्मीहरू लगायतको सहभागिता रहेको डब्लु एचओका डा बिशाल झा डा नोना प्रधानले सहभागीहरुलाई अभिमुखीकरण गर्नु भएको थियो।
बुधवार सम्म चल्ने अभिमुखीकरणले दु्रुत प्रतिकार्य टोली गठन गर्नेछ। स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा गठन हुने टोलीको सदस्यहरूमा चिकित्सक, ल्याब, वडाका प्रतिनिधि, स्थानीय लगायत रहनेछन्।
प्रतिकया दिनुहोस्