स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकीको आइसीयुमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतले जानकारी दिए ।
समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त
स्वास्थ्य समाचार /सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
बुटवलको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथामिकता
–मोतियाविन्दुको शल्यक्रियामा अनुदान –मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान –हरेक वर्ष विद्यार्थीको निशुल्क आँखा जाँच –मजदुरहरुका लागि निशुल्क घुम्ति स्वास्थ्य शिविर स्वास्थ्य समाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमहानगरपालिकाले जनस्वास्थ्यमा नौला र आकर्षक नीति कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई…
तिलोत्तमाको बजेट १ अर्ब ९८ करोड ७६ लाख स्वास्थ्यमा १९ करोड
स्वास्थ्यसमाचार/ “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि १ अर्व ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी देवी चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनु पर्दा नगरबासीहरुको बिकासको ब्यग्र चाहनालाई पुर्ण रुपमा समेटन नसकेको बताईन । उनले वर्थिङ सेन्टरमा सुत्केरी…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा नवनियुक्त पदाधिकारीको पदस्थापन
स्वास्थ्य समाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयमा सातौ बिश्व योग दिबस तथा अस्पताल बिकास समितिका नवनियुक्त पदाधिकारीहरुलाइ स्वागत तथा पदस्थापना गरिएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पहिले बिश्वास गर्दे आएको आयुर्वेद चिकित्सामा बिरामीको आकषर्ण कमहुदा कोरोना महामारीमा यो पद्धतिको आबश्यक अनुसारको उपचार नभएको बताए।उनले के कारणले कम भयो कारण खोज्ुपर्ने बताएका छन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिब डा बिकास देबकोटाले आयुर्वेद चिकित्सालाई सरकारले प्राथामिकता दिएर निति कार्यक्रम बनाएको बताए ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बजेट अभाब हुन नदिने बताए । बुटबल उपमहानगरपालिका…
लुम्बिनी प्रादेशिक अस्पतालमा घाँटी भित्रअड्किएको १८ सेन्टिमिटर लामो ब्रस निकालियो
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा Rigid oesophagoscopy प्रविधिबाट घाँटीमा अडकिएको ब्रस निकालिएको छ ।बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा,नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको चिकित्सकको टोलीले उनको घाँटीमा अडकिएको ब्रस राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट निकालिएको हो । खाना खाँदा घाँटीमा खाना अड्कीने, मासु खाँदा हड्डी अड्कीने जस्ता समाचार त सुनिरहेकै हो । तर ब्रस गर्दा सिंगै ब्रस नै घाँटीमा गएर अड्कीएको समाचार अलि नौलो हो । रुपन्देहीको रुद्रपुरमा पनि यस्तै नौलो घटना घट्यो । यो घटना रुद्रपुर हरैयाका २४ वर्षीय पुरुषको हो । उनी आईबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस उनको घाँटी…
लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा सुरु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो । एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए ।…
दुवै मात्रा कोरोना खोप लिएकामा जटिल समस्या नगण्य
काठमाडौँ — कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर ९लिम्फोमा० का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण…
प्रतिमा–निमा प्रतिष्ठान द्धारा लुम्बिनीका १३ अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान
स्वास्थ्यसमाचार/कोरोनाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले रुपन्देहीको एक गैरसरकारी संस्थाले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । भैरहवामा रहेको प्रतिमा–निमा स्मृति प्रतिष्ठानले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्ला अस्पताललाई कोभिड संक्रमणविरुद्धको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गर्न थालेको हो । प्रतिष्ठानले अक्सिजन कन्सन्ट्रेटर ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, बाइब्याप मेसिन ५ थान, आईसीयू बेड ५ थान, पीपीई सेट २ हजार २०० थान प्रदान गर्ने भएको छ ।…
बिदेशी भुमिबाट गुल्मी कारागारका बन्दीहरुलाई स्वास्थ्य सामाग्री सहयोग
स्वास्थ्यसमाचार गुल्मी /गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका -६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय ममतामयी माता पशुपति कुँवरको सम्झनामा कारागारका बन्दीहरुलाई कोरोना भाइरसको सङक्रमणबाट कैदिहरु पनि अछुतो रहन नसकेको यो समयमा आवस्यक पर्ने ५०० पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंग गुल्मीका उपाध्यक्ष रेशम कुँवरले बताएका छन । त्यस्तै, कैदिहरुपनि स्वस्थ र निरोगि बन्न सकुन भन्ने हेतुका साथ व्याटमिन्टन ४ पिस, लुडो खेल सेट ४ , चेस…