तम्घास टेक्निकल गुल्मीमा एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने 

स्वास्थ्य समाचार/गुल्मी र अर्घाखाँचीको गहनाको रुपमा रहेको एक मात्र तम्घास टेक्निकल शिक्षालय तम्घास गुल्मीमा प्रमाणपत्र तहको हेल्थ सहायक र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिभिटिबाट मान्यता प्राप्त टेक्निकल शिक्षालय हो ।

तम्घास टेक्निकल शिक्षालयका अध्यक्ष शेर बहादुर थापाले दिनुभएको जानकारी अनुसार शैक्षिकसत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा हेल्थ एसिस्टेन्ट (एचए) र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन हुने छ ।

विगत २५ वर्ष देखि यस शिक्षालयमा अनमी तथा सि.एम्.ए कार्यक्रम सञ्चालन रहेको थियो ।पछिल्लो तीन वर्ष यता स्तरोन्नती गर्ने क्रममा शिक्षालय बन्द रहेको थियो ।यस शिक्षालयमा अध्ययनका लागि रोल्पा, डोल्पा, मुगु, जुम्ला लगायतका देशका विभिन्न जिल्लाबाट समेत अध्ययनका लागि आउने गरेका थिए।

यस शिक्षालयबाट उत्पादित करिब ६० प्रतिशत जनशक्ति सरकारी सेवामा सेवारत रहेका छन् । भने ३० प्रतिशत विद्यार्थी नीजि क्षेत्रमा कार्यरत रहेका शिक्षालयले जनाएको छ ।

यहाँबाट उत्पादित जनशक्ति हाल जिल्लाको पालिका तथा हेल्थ पोष्टहरुमा, स्वास्थ्य संयोजक तथा कार्यालय प्रमुखको रुपमा सेवारत रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

हालसम्म यस शिक्षालयबाट तीन हजार बढी जनशक्ति तयार गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

यस शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको र कार्यक्रम संचालनका लागि शिक्षालयले अहिले भर्ना समेत खुला गरेको उहाँले जानकारी दिनुभएको छ ।

सम्बन्धित शिर्षक :